arrow

सरकारी संचारमाध्यममा शाही आतंकलाई बिर्साउँदै ओली समूह

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ ८ बिहिबार
kp-oli-parliament.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूह निकट पत्रकारहरु आवद्ध प्रेस संगठन नेपालले बोलाएको बिहिवारको भेलामा सरकारी संचारमाध्यमका प्रमुखहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । सरकारी संचारमाध्यमका अध्यक्ष, महाप्रबन्धक र संचालक समिति सदस्यलाई पनि आजको सरकार समर्थित पत्रकारहरुको भेलामा अनिवार्य उपस्थित हुनुपर्ने, नभए जागिरबाट हात धुनुपर्ने परिस्थिति आउने भन्दै प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापा, रेडियो नेपालका प्रमोद दाहाल र नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र बिष्ट मार्फत चेतावनी दिइएको पत्रकारहरुले बताएका छन् । 

६ गते भएको प्रचण्ड माधव निकट प्रेस संगठनको कार्यक्रममा उल्लेख्य उपस्थिति भएपछि विहिवारको भेलामा देशभरबाट प्लेन टिकटदेखि खानेबस्ने सुविधा समेत दिएर ओलीको प्रतिगमन समर्थक पत्रकारहरुलाई बोलाइएको माधव प्रचण्ड समूहको दावी छ । सरकारी संचार माध्यममा कार्यरत एक अधिकारीका अनुसार पंचायतकालमा पनि नभएको आतंक अहिले ओली राजमा सृजना गरिएको छ ।

६गतेको भेलामा प्रज्ञा भवनमा गएमा जागिर नै संकटमा पर्ने धम्की नेपाल टेलिभिजनदेखि सबै संचारमाध्यममा कार्यरत पत्रकार र स्टीन्जरलाई समेत दिइएको थियो । तर आजको सरकारी पत्रकारको भेलामा भने प्रधानमन्त्री उपस्थित हुने भएकाले सबै सरकारी संचारमाध्यममा कार्यरत पत्रकार र कार्यकारी प्रमुखहरुलाई उपस्थित हुन उर्दी जारी गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ