arrow

कार्यकालको पहिलो दिनमै बाइडेनका केहि महत्वपूर्ण कदम

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
joe-biden4.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेश गरेको पहिलो दिनमै जो बाइडेनले विभिन्न महत्वपूर्ण निर्णय गरेका छन् ।जसअन्तर्गत, कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सबै संघिय कर्मचारीहरुलाई मास्क र समाजिक दुरि अनिवार्य गरेका छन् ।

त्यस्तै, ऋण तिर्न नसक्दा हुने सम्पती जफतलाई आगामि मार्च ३१ सम्म र विद्यार्थीले तिर्नुपर्ने ऋणको म्याद सेप्टम्बरसम्म सारेका छन् ।

यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग बाइडेन पुन जोडिएका छन् भने, पेरिश सम्झौतामा पनि फर्केका छन् । यसअघि निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पले यी दुवै सम्झौताबाट हात झिकेका थिए ।

राष्ट्रिय निकुञ्ज, दुर्लभ प्राणी र ठूलो प्राकृतिक सम्पदाको बिनास हुने देखिएको 'कीस्टोन एक्सएल’ पेट्रोलियम पाइपलाइन निमार्ण कार्यमा अस्थायी रोक लगाएका छन् ।

त्यस्तै, गैरअमेरिकी नागरिकलाई अमेरिकी जनगणनामा नराख्ने ट्रम्पको कदमलाई बाइडेनले हटाएका छन् । यसले संघिय अनुदानको पैंसा विनियोजन गर्न ठूलो भुमिका निभाउँछ ।

सिरिया, इरान, इराक, सुडान, लिबिया, सोमलिया र यमनलगायतका मुस्लीम देशबाट अमेरिका भ्रमणमा रोक लगाएको ट्रम्पको नीतिलाई पनि उल्ट्याएका छन् । अब, यी मूलुकका नागरिकहरुले पनि अमेरिका भ्रमण गर्न पाउँनेछन् ।

बाइडेनले राष्ट्रिय आपतकाल घोषणा अन्त्य गरेका छन् । यसले पेन्टागनबाट मेक्सीको सीमामा पर्खाल बनाउँन पैंसा निष्कासन गर्थ्यो ।

त्यस्तै बाइडेनले तत्कालन ग्रिन कार्ड प्रदान गर्न र आठ बर्ष बसेपछि अमेरिकी नागरिकता दिने कानुन संसदमा सारेका छन् । यसअघि ट्रम्पले यसमाथि विभिन्न किसिमका कठिनाई लगाएका थिए ।

संघिय एजेन्सी र ठेकेदारहरुले विविध तालिम लिनसक्ने भएका छन् । यसअघि ट्रम्पले यसमाथि रोक लगाएका थिए ।त्यस्तै ट्रम्प प्रशासनले गठन गरेको १७७६ आयोग पनि खारेज गरेका छन् । यसले अमेरिकी इतिहासलाई बेग्लै ढंगले प्रस्तुत गरेको भन्दै आलोचना गरिएको थियो ।

युएस एजेन्सी फर ग्लोबल मिडियाका विवादित सीईओ माइकल प्याकले राजीनामा दिएका छन् ।बाइडेनले आफ्नो कार्यकालको पहिलो दिनमा विभिन्न कदमहरु चालेका छन् । 

खासगरी पेरिश सम्झौतामा अमेरिका फर्किनु, ग्रिन कार्ड नीति, मेक्सीको सीमामा पर्खाल लगाउन रोक र पेट्रोलियम पाइपलाइन निमार्णमा रोक लगाउँने कदमलाई अमेरिकी र अन्यदेशका नागरिकहरुका लागि महत्वपूर्ण कदम हुन् ।

बाइडेनका यी कदमले उनको अगामि कार्यदिशालाई निकै सकारात्मकता तिर डोर्‍याएको देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ