arrow

प्रधानमन्त्री कप क्रिकेट : विभागीय टोली पुलिस क्लब र एपिएफ क्लब विजयी

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
cricket3.JPG

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लब आआफ्नो खेलमा विजयी भएका छन् । पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले तथा एपिएफले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३१० रन बनायो । तीन सय ११ रनको विजय लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ५० ओभरमा सात विकेट गुमाउँदै २३६ रन मात्र बनाउन सक्यो । पुलिसका लागि सुनील धमलाले १०४ रनको शतकीय पारी खेले । उहाँले  १४४ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गरे ।

यस्तै दीपेन्द्रसिंह ऐरीले ६१ बलमा छ छक्का र एक चौकाको मद्दतमा ८५ रनको योगदान दिनुभयो । अमित श्रेष्ठले २८, आरिफ शेखले अविजित २९ तथा पवन शर्राफले १३ बलमा ५० रन बनाए । शर्राफले छ छक्का तथा एक चौका प्रहार गरे । बलिङतर्फ लुम्बिनीका लागि कृष्ण कार्की, अनिल खरेल, दीपेन्द्र रावत र सौरभ खनालले एक एक विकेट लिए ।

जवाफी ब्याटिङ गर्ने क्रमा लुम्बिनीका लागि देव खनालले ४९, सन्दीप रजालीले ४०, राजविर सिंहले २४, कृष्ण कार्कीले अविजित ४० तथा सौरभ खनालले ७४ रन बनाए । बलिङतर्फ पुलिसका रासिद खान र पवन सर्राफले दुई-दुई विकेट लिए ।

यसैगरी मुलपानी क्रिकेट मैदानमा बिहिबारै सम्पन्न अर्को खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब लगातार दोस्रो खेलमा विजयी भएको छ । टस जितेर एपिएफले पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गर्दै गण्डकीले ४६ ओभरमा सवै विकेट गुमाउँदै १०६ रन बनायो । एक सय सात रनको विजयी लक्ष्य एपिएफले १७ दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । एपिएफका लागि आसिफ शेखले ७८ रनको अर्धशतकीय पारी खेले । यस्तै सुमित महर्जनले १८ रन बनाए ।

बलिङतर्फ गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले दुई-दुई विकेट लिए । यसअघि पहिला ब्याटिङ गर्ने क्रममा गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३६ रन बनाए । यस्तै दिनेश बुढामगरले १२, विष्णु पाण्डेले १५ तथा दीपेश खत्रीले पनि १५ रन नै बनाए । बलिङतर्फ एपिएफका लागि कमलसिंह ऐरीले चार तथा अविनास बोहोरा र शरद भेषवाकरले दुई -दुई विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ