arrow

दानी राजा जरासन्ध

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ माघ ८ बिहिबार
jarasand.jpg

गौरीघाट । श्रीकृष्ण केही दिन युधिष्ठिरसँग बिताउने विचार गरेर द्वारकाबाट इन्द्रप्रस्थ आउनुभयो । युधिष्ठिरको मनमा राजसूय यज्ञ गर्ने विचार थियो । उनले आफ्नो सभामा उपस्थित ऋषिमुनि, भाईबन्धुका सामुन्ने श्रीकृष्णलाई आफ्नो मनको कुरा भने । श्रीकृष्णले उनको विचारलाई समर्थन गर्नुभयो र “यस्तो यज्ञ गर्नाले कीर्ति बढ्न जान्छ, सुयश फैलिन्छ, यसबाट सबैलाई फाईदा हुन्छ “ भन्नुभयो र यज्ञ गर्ने तय भयो ।

श्रीकृष्णले उनलाई “पृथ्वीमा भएका सबै राजाहरूलाई जितेर आफ्नो काबुमा पारेपछि मात्र यो यज्ञ शुरु गर्नुपर्छ, त्यसैले पहिले त्यो काम गर्नु“ भन्नुभयो । युधिष्ठिरका चार भाईको सर्हाना गर्दै श्रीकृष्णले भन्नुभयो, “ तपाईंका चार भाइ र तपाईंको सद्गुणले गर्दा नै म तपाईंको वशमा पर्न आएको हो । जो पुरुषले आफ्नो मन र इन्द्रियलाई आफ्नो वशमा गर्न सक्तैनन्, त्यस्ताले मलाई पाउन सक्तैनन् । सबै देवताहरू मिले पनि मेरो भक्तलाई तिरस्कार गर्न सक्तैनन् आदि भन्दै उनीहरूको सत्कार्यको सरहना गर्नु भयो र गुणको वयान गर्नुभयो ।
 
श्रीकृष्णको यस्तो अर्तीले युधिष्ठिरको मन गदगद भयो । सबैमा प्राण संचार भयो । उनले चार भाईलाई चार तिर पठाए र जरासन्ध बाहेक अरु राजाहरूलाई जितेर सबै फर्केर आए । जरासन्धलाई जित्न नसकेको कुराले युधिष्ठिरलाई अप्ठेरो परेको थियो ।

जरासन्धलाई जित्ने उपाय श्रीकृष्ण संग थियो । उहांले आफू ब्राम्हणको भेष लिएर अर्जुन र भीमसेनलाई पनि त्यही भेष बनाएर जरासन्ध कहां जानुभयो । जरासन्ध ब्राम्हण भक्त थिए र गृहस्थधर्मको पनि राम्रो पालना गर्ने राजा थिए । उनी याचकहरूलाई दिन उद्यत थिए । कोही हात खाली फर्कंदैन थिए ।

श्रीकृष्ण सहित ब्राम्हण भेष गरेका पुरुषले जरासन्धलाई अनेक ज्ञान दिए । उनीहरुले यो नाशवान शरीर नाश भएपनि उत्तम पुरुषहरू याचकको  इच्छा अनुसार दान गरेर कहिल्यै नाश नहुने बस्तु प्राप्त गर्दछन् भन्ने जस्ता उपदेश दिन थाले ।

जरासन्धलाई उनीहरूको हाव भाव, शरीर, बोली आदि देखेर “यिनीहरू व्राम्हण होइनन्, भेष बदलेर आएका हुन्“ भन्ने मनमा पक्का भयो र “ क्षत्रिय भएपनि म संग डराएर ब्राम्हण भेष लिएर आएका रहेछन्, यिनीहरूले जे मांगे पनि दिन्छु“ भन्ने मनमा अठोट गरे  । (क्रमश...)

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ