arrow

फिल्म  ‘गणपति’ भगवान र मानिसबीचको फरक देखाइने, छायांकन सुरु

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
ganapati.jpg

काठमाडौं । अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहने फिल्म  ‘गणपति’ को छायांकन सुरु भएको छ ।

बिहीवार तनहुँ बन्दीपुर गाउँपालिका थारुबासबाट फिल्मको छायांकन सुरु भएको हो । फिल्मको छायांकनका लागि निर्माण टिम बुधवार राजधानीबाट त्यसतर्फ प्रस्थान गरेको थियो । गाउँले परिवेशमा खिचिने फिल्मको आधिकांश छायांकन तनहुँ बन्दीपुरमा नै हुनेछ ।

फिल्मलाई सविन अधिकारीले निर्देशन गरिरहेका छन् । उनकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्मातामा छन् । फिल्ममा मुकुन र मेनुकाका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, शुशील पोखरेल, श्रीदेव वि।एल लगायतको अभिनय रहनेछ ।

भगवान र मानिसबीचको फरक देखाइने फिल्ममा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस रहनेछ । फिल्ममा शंखर धिताल एशोसिएट डाइरेक्टर, सन्तोष पौडेल मुख्य सहायक निर्देशक, कुमोद शर्मा सहायक निर्देशक, सुवास मगर फोटोग्राफर, बेदनाथ धमला, किरण मगर प्रोडक्सन र उत्तम अर्याल मुख्य सहायक छायाँकारको रुपमा छन् ।

फिल्मको गीतमा अनिस अधिकारीले शब्द तथा संगीत भरेका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् । त्यस्तै, गोविन्द शाहीले देशभर वितरण अधिकार दिएको फिल्मको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ । निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिने जानकारी दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ