arrow

इन्डो प्यासेफिक क्षेत्रमा सुरक्षा प्रबर्द्धन र समृद्धिका लागि भारत र अमेरिका एक ठाउँमा

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
india-us.jpg

नयाँ दिल्ली । इन्डो प्यासेफिक क्षेत्रको सुरक्षा प्रबर्द्धन र समृद्धि अभिवृद्धि गर्नु भारत र अमेरिकाको साझा चासो भएको भारतले बताएको छ । भारतीय विदेश मन्त्रालयले भारत र अमेरिका दुई मुलुक मिलेर काम गर्दा क्षेत्रीय र वैश्विक चुनौतीहरुको प्रभावकारी सम्बोधन गर्नमा सकारात्मक प्रभाव पार्ने बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित प्रेस ब्रिफिङमा इन्डो प्यासिफिक क्षेत्रमा रणनीतिक र सुरक्षाका मामिलामा बढ्दो चासोमा दुई मुलुकहरु संलग्‍न रहेको र आपसमा सहकार्य गर्ने तयार रहेको बताए । “भारत र अमेरिकाले व्यापक विश्व रणनीतिक साझेदारी गरेका छन् र हाम्रो पर्याप्त द्विपक्षीय एजेन्डा, रणनीतिक र सुरक्षा हितमा हाम्रो बढ्दो संलग्‍नताका कारण दुबै देशको इन्डो प्यासिफिक क्षेत्र र बाहिरका क्षेत्रमा सुरक्षा र समृद्धिलाई अभिवृद्धि गर्ने एक ठाउँमा छन् । क्षेत्रीय र विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सँगै काम गर्ने हाम्रो क्षमताले सकारात्मक प्रभाव पार्छ, उनले भने ।

भारत र चीनबीचको तनाव चलिरहेका समयमा ट्रम्प प्रशासनको एक गोप्य रिपोर्ट सार्वजनिक भएको छ । उक्त रिपोर्टमा अमेरिकाले भारतसँग मिलेर एसिया प्रशान्त क्षेत्रमा अघि बढ्दै गरेको अमेरिकाको रणनीतिबारे उल्लेख गरिएको छ ।

सन् २०१८ को सुरुवातमा ट्रम्प प्रशासनले १० पृष्ठको एक रिपोर्ट तयार गरेको थियो । यसमा इन्डो प्यासिफिक क्षेत्रमा पछिल्लो तीन वर्षमा चीन, भारत र उत्तर कोरियासहित अन्य मुलुकका बारेमा अमेरिकाको रणनीतिबारे उल्लेख गरिएको छ ।

रिपोर्टमा अमेरिकाको विश्वव्यापी सुरक्षा चुनौतीको सामना गर्नका लागि कयौं उपायहरुबारे उल्लेख गरिएको छ । अमेरिकाले चीन आफ्नो लागि चिन्ताको विषय भएको रिपोर्टमा उल्लेख गरेको छ । त्यसैगरि उत्तर कोरिया पनि अमेरिकाको लागि खतरा भएको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा भनिएको छ, “चीनसँग मुकाबिला गर्नका लागि उदार अर्थव्यवस्था भएको भारतसँग गठजोड गरिनेछ ।”

रिपोर्टमा चीनविरुद्ध लड्नका लागि भारतसँग सैन्य, गुप्तचर र राजनीतिक समर्थन बढाउनुपर्ने उल्लेख गरिएको छ । दक्षिण र दक्षिण पूर्वी एसियामा चीनको विस्तार रोक्नका लागि भारतसँग सैन्य सहयोग बढाउने विषय पनि रिपोर्टमा उल्लेख छ । रिपोर्टमा भनिएको छ, “चीनले अमेरिकी गठबन्धन कमजोर बनाउँदै आफैं ठूलो खेलाडीको रुपमा अघि बढिरहेको छ । भारतसँगको सम्बन्धलाई मजबुत बनाउँदै चीनको शक्तिलाई कम गर्न सकिन्छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ