arrow

टी–१० खेल्न पारस, करण, कुशल र सोमपाल युएईमा 

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
paras-karan-kusal-sompal.jpg

काठमाडौं । युएईमा आयोजना हुने टी–१० लिग क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का, बलर करण केसी र अलराउण्डर कुशल मल्ल युएई गएका छन् । तीनै जना खेलाडीहरु एकैसाथ बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पारस टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् । यस्तै आबुधाबीबाट कुशलले खेल्नेछन् । करण भने पुने डेभिल्सबाट खेल्नेछन् ।

नेपालका अर्का खेलाडी सोमपाल कामीले मराठा अरेबियन्सबाट खेल्ने छन् । सोमपाल यसअघि नै युएई गइसकेका थिए । 

टी–१० लिग जनवरी २८ देखि फेब्रुअरी ६ तारिखसम्म हुँदैछ । यही प्रतियोगिताका लागि खेलाडीहरुले राजधानीमा चलिरहेको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता खेलेनन् । पारसले बागमती प्रदेशबाट एक खेल खेलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ