arrow

नेपाललाई गृहयुद्धमा धकेलिदै गरेको मानवअधिकारकर्मी पहाडीको जिकीर

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2058062622.jpeg
निर्मल खत्री, म्याग्दी। मानवअधिकारकर्मी कृष्ण पहाडीले नेपाललाई गृहयुद्धमा धकेल्ने काम भईरहेको बताउनु भएको छ। शुक्रबारदेखि म्याग्दीमा सुरु भएको राष्ट्रिय मानवअधिकार तथा शान्ति समाजको १८ औँ राष्ट्रिय परिषद् वैठकको उद्घाटन गर्दै मानवअधिकारबादी कृष्ण पहाडीले नाकाबन्दी मानवता विरुद्धको अपराध भएको भन्दै त्यसलाई अन्तराष्ट्रियकरण गर्न सरकारले सोही किसिमको संयन्त्रको प्रयोग गर्नुपर्ने बताउनुभएको छ। नाकाबन्दीले आम नेपालीको जनजीवन अस्तव्यस्त भईरहेको अवस्थामा यहि मौकामा हतियार वितरण सम्मको खेल हुनसक्ने बताएका छन्। तराई क्षेत्रमा त्यसको संकेतहरु देखापरिसकेको उनको दाबी छ। ‘नेपालमा कहिल्यै स्थिरता नचाहने तत्वहरुले यतिबेला शिर उठाएका छन्, नाकाबन्दीपछि हुने भनेको हतियार वितरण नै हो’, उनले भने,‘त्यसैले सरकार यस विषयमा गम्भिर भएर लाग्नुपर्छ ।’तर, उनले हतियार कहाँबाट कसले वितरण गर्छ भन्ने विषय भने स्पष्ट रुपमा खुलाएनन्।
 
भारतीय अघोषित नाकाबन्दी तोड्नका लागि आफ्नो मौनता तोड्नुपर्ने भन्दै उनले, ‘भारतीय सेनामा कार्यरत सैनिक जवान र अवकाश प्राप्त भुपु सैनिकहरुले अब भारत नाकाबन्दी विरुद्ध हस्ताक्षर अभियान चलाउनुपर्छ, त्यसको सुरुवात म्याग्दीबाट हुन्छ।’पहाडीले नेपालको राष्ट्रिय स्वाभिमानको पक्षमा अभियानको थालनी भएको भन्दै भारतीय नाकाबन्दी नितिगत क्रुरता भएको समेत बताए। आन्दोलनकारीले गरेको अवरोध सरकारले हटाउनुपर्ने भन्दै त्यस्तो अवस्थामा सरकारलाई मानवअधिकार हननको कुनै कानुन नलाग्ने स्पष्ट पारे। ‘दशगजामा आन्दोलनकारी बस्नुनै अन्तराष्ट्रिय कानुनको विरुद्धमा छ, अब पनि अवस्था यस्तै रहे यो विषयलाई मैले व्यक्तिगत रुपमा अन्तराष्ट्रियस्तरमा मुद्धा हाल्छु, उनले भने। 
 
नाकामा अवरोध हुँदा नेपालमा ग्यास, चुल्हो, इन्धन, दैनिक उपभोग्य बस्तु र औषधीको समेत चरम अभाव भएको भन्दै यसलाई मानवीय संकटको रुपमा लिईएको बताए। ‘हामीले नेपालको पछिल्लो अवस्थाका विषयमा अन्तराष्ट्रियकरण गरेका छौँ विभिन्न माध्यमबाट, सरकारले कुन–कुन कुराको अभाव भयो र त्यस असरको विषयमा हामीलाई जानकारी गराउनुपर्‍यो, उनले भने, ‘यी विषयहरुमा सरकार चुकिरहेको छ।’
 
शुक्रबार र शनिबार सञ्चालन हुने वैठकमा देशभरबाट दुईसय प्रतिनिधीको सहभागिता छ। वैठकले मानवअधिकारको क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय सहित १० बुदे अवधारण पत्र पारित गर्ने केन्द्रीय उपसभापति रामजी प्रसाद सुवेदीले जानकारी दिनुभएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ