arrow

डोरमणिको अग्निपरीक्षा हुँदै 

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
dormani.jpg

मकवानपुर । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक शुक्रबार दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । शुक्रबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो । 

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री  पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग बिहीबार राति छलफल गरी शुक्रबार दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । 

प्रदेशसभाको कार्यपरामर्श समितिको बैठकले बिहीबार बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्री तथा सत्तारुढ दलका नेताहरुसँग सहमति गरेर ल्याउन भनिएअनुसार सभामुख श्रेष्ठले बैठक आह्वान गरेको सचिवालयका सचिव खड्काले जानकारी दिए । 

प्रदेशसभाको सातौँ अधिवेशन बैठक गत माघ ७ गते दिउँसो सञ्चालन भई विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरिसकेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ