arrow

कोरोना संक्रमणबाट पोखराकी एक युवतीको मृत्यु

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
corona_vairous.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १ की २५ वर्षीया युवती रहेकी छन् ।
 
गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार ती युवतीको बिहीबार राति ९:५६ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको हो । उनी उच्च रक्तचाप र मृगौलाको समस्याबाट पीडित थिइन् ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०३ जना पुगेको छ । जसमध्ये पोखरामा मात्रै ११२ जनाको मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ