arrow

आन्दोलनमा जसपा

प्रधानमन्त्रीले आफ्नो कदम नसच्याएसम्म आन्दोलन जारी रहन्छ –जसपा  

तेस्रो चरणको आन्दोलनको घोषणा हुँदै

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
jasapa1.JPG

काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनमा उत्रेको जनता समाजवादी पार्टी (जसपा) नेपालले तेश्रो चरणको आन्दोलन गर्ने भएको छ । यसको लागि तयारी भइरहेको पार्टीका नेताहरुले जनाएका छन् । 

गत माघ ७ गते सो पार्टीको दोश्रो चरणको आन्दोलन सकिएको थियो । पुस ८ बाट  पुस १४ सम्म जसपाले पहिलो चराणको आन्दोलन गरेको थियो । यसैगरी पुस १७ देखि माघ ७ गतेसम्म पार्टीले दोश्रो चरणको आन्दोलन गरेको थियो । अब तत्कालै तेश्रो चरणको आन्दोलन घोषणा हुने जसपाका नेता शरतसिंह भण्डारीले बताए । ‘अब फेरि अरु कुनै प्रधानमन्त्रीले आफूलाई सनक चढेको भरमा संसद् विघटन नगरुन् भनेर नै हामीले आन्दोलन सुरु गरेका हौ’ भण्डारीले भने, ‘त्यसैले अब तत्कालै तेश्रो चरणको आन्दोलन घोषणा गर्दैछौ ।’

अहिलेको आन्दोलन संसद् विघटनविरुद्ध केन्द्रित भएको बताउँदै प्रधानमन्त्रीले आफ्नो कदम नसच्याएसम्म आन्दोलन जारी रहने उनले बताए । जसपाले पहिलो र दोश्रो चरणको आन्दोलन देशव्यापी बनाएको थियो । 

आन्दोलनकोलागि पार्टीका सबै शिर्ष तहका नेताहरुलाई  विभिन्न जिल्लामा खटाएको थियो । जसपाका संगठन कमजोर भएको हिमाल तथा पहाडी क्षेत्रमा पनि जसपाका कार्यकर्ताहरुले प्रधानमन्त्रीको कदमविरुद्ध प्रर्दशन गरेका थिए । 

पहिलो र दोश्रो चरणको आन्दोलनबाट पार्टी उत्साहित भएको जसपाका अर्का नेता केशव झाले बताए । उनका अनुसार सम्भवत माघ ११ गते जसपाका शिर्ष नेताहरुको बैठक बस्ने छ र उक्त बैठकले तेश्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ । 

अहिले जसपाका प्रायः सबै शिर्ष तहका नेताहरु काठमाडौं बाहिर छन । माघ ११ गतेसम्म काठमाडांैमा आइपुग्ने र माघ ११ गतेको शिर्ष तहको बैठकमा संसद् विघटनविरुद्ध अहिलेसम्मका आन्दोलनको समीक्षा पनि हुने पार्टीका नेताहरुले जनाएका छन् । 

जसपाका दोश्रो तहका केही नेताहरुले भने पार्टीले आन्दोलनलाई भन्दा चुनावलाई प्राथमिकता दिनु पर्ने सल्लाह पार्टी नेतृत्वलाई दिएका छन् । सर्बेन्द्रनाथ शुक्ल, राजिव झा लगायतका नेताहरुले यस्तो सुझाव दिएका हुन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ