arrow

विप्लव समूहको बन्दको दिन दार्चुलामा ट्रकमा आगजनी

logo
प्रकाशित २०७७ माघ १० शनिबार
truck4.jpg

दार्चुला । दार्चुलामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले बन्द घोषणा गरेको दिन ट्रकमा आगजनी भएको छ ।

गोकुलेश्वरबाट आइरहेको सुप्रप ००१क१५४८ नम्बरको ट्रकमा शनिवार दिउँसो ३ बजेतिर शैल्यशिखर नगरपालिका-९ नक्तड (ठूलशैन) जंगल नजिक आगजनी भएको हो ।

आगजनीबाट बसको अगाडीको भाग र टायरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुस्कर ऐेरीले जानकारी दिए ।

आगलागी कसले र कसरी भयो भन्नेबारे अनुन्सधान भइरहेको प्रहरी जनाएको छ । सरकारकाद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले आज बन्द घोषणा गरेको थियो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ