arrow

बेथितिको पराकाष्ठा

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा अनियमितताको चाङ, चौबीस लाखको लगानी बालुवामा पानी

logo
युबराज रेग्मी,      
प्रकाशित २०७७ माघ ११ आइतबार
bridge-jhapa.jpg

झापा ।  प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा अनियमितताका चाङ खुल्दै गएका छन् । त्यस मध्येको एक हो गौरादह नरपालिका वडा न ६  सिंगियाडुब्बामा पर्ने  एउटा पुलको प्रसङ्ग । यसको कथा विचित्रको छ ।                  

२४ लाख रुपैयाँको बजेट लगानी लगाएर ओलीको निर्वाचन क्षेत्रसमेत पर्ने दामुना  सिङियाडुब्बामा  निर्माणाधीन उक्त पुलको  वर्तमान अवस्था देख्दा जो कोहीको मन नै नरसाउला भन्न सकिन्न ।
 
सरकारको मोटो बजेट रकमबाट निर्माण सुरु गरिएको उक्त पुल निर्माण सम्पन्न नहुँदै भत्किइसकेको छ । पुल निर्माण कार्यमा ठेकेदार र इन्जिनियरको चरम लापरबाही पुलको अवस्थाले छर्लङ्ग पारिदिन्छ ।
  
कम गुणस्तर र आवश्यक भन्दा कम निर्माण सामग्री प्रयोग गरेर निर्माण गरिएको उक्त पुल निर्माणाधीन अवस्थामा नै आफैं भत्कँदै गएको प्रष्ट देखिन्छ ।

मोटो बजेट खर्चिएर निर्माण हुँदै गरेका यस्ता महत्वपूर्ण  विकास निर्माणका  योजनामा सम्बन्धित निकायले आवस्यक ध्यान पुर्याउन नसक्नु दुर्भाग्यपूर्ण रहनुका साथै निर्माण अनुगमनमा रहने इन्जिनियर  र निर्माण ठेकेदारहरुको कार्यशैली पनि शंकास्पद देखिन्छ ।
     
निर्माण अनुगमनका नाममा इन्जिनियरहरुले मोटो भत्ता रकम असुल्दै आएता पनि यस्ता लथालिङ्ग अवस्थाका विकासे कार्यले स्थानीय निकायहरुमा संस्थागत भ्रष्टाचारको चाङ नै हुनेमा दुइमत देखिन्न ।

पुल निर्माण कार्यका लागि बनाइँदै गरेको दुई वटा बेस पिलर गुणस्तरहीन बन्दा सरकारले खर्चिएको लगानी बालुवामा पानी सरह बन्दै गएको छ ।  

प्रधानमन्त्रीको गृह जिल्लामा एकातिर अर्बौं खर्च गरेर भ्यु टावर बन्दै गर्दा नजिकैका पालिकाहरुका जनता भने आधारभूत पूर्वाधारको अभावमा वर्षौंदेखि सास्ती भोग्न वाध्य भएको भन्दै स्थानीयहरुले चरम असन्तुष्टि पोख्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ