arrow

चिनियाँ नयाँ रणनीतिः प्रचण्ड–नेपाल समूह र जसपाबीच सहकार्य गराउँदै 

logo
प्रकाशित २०७७ माघ ११ आइतबार
prachanda-nepal-baburam-upe.jpg

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपाल बीच विस्तारै सहकार्यको वातावरण बन्न थालेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा.बाबुराम भट्टराईबीच निरन्तर भेटघाट हुनुले त्यसको पुष्टि गरिरहेको छ । 

विगत एक सातादेखि उनीहरुबीच निरन्तर भेटघाट र छलफल भएपछि सहकार्यका लागि जनता समाजवादी पार्टीका अर्का नेता उपेन्द्र यादव पनि सकारात्मक रहेको बताइएको छ । प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई मिलाउन नसकेपछि चिनियाँहरुको ध्यान तराई मधेशमा केन्द्रीत पार्टी जनता समाजवादी सहितको सोसलिष्ट सेण्टर बनाउनेतर्फ केन्द्रीत हुँदा प्रचण्ड–बाबुरामको भेटलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।

 ‘चिनियाँहरु अहिले पनि प्रचण्ड र ओली मिल्नुपर्छ भन्ने लाइनमा छन् यद्यपि उनीहरु मिल्न सकेनन् भने चुनावसम्म मिलाउने पक्षमा छन् । त्यतिमात्र होइन कांग्रेससँग जसपालाई नजिक हुन नदिने पक्षमा छन् । त्यसैको परिणाम उपराष्ट्रपति नन्दबहादुर पुनले प्रचण्ड र बाबुरामबीच वार्ताको वातावरण बनाइरहेका हुन्’, स्रोतले भन्यो । 

सुरक्षा स्रोतका अनुसार प्रचण्ड र बाबुरामबीच भएको भेटघाटबारे बालुवाटार पनि जानकार रहेको छ । उपराष्ट्रपति पुन यतिबेला नेकपा (प्रचण्ड–नेपाल) समूह र जसपाका अध्यक्षद्धय डा बाबुराम भट्टरार्इ र उपेन्द्र यादवबीच सहकार्य गराउने कसरतमा लागेका छन् । 

विगत एक सातादेखि पुनले सो समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व माओवादी नेतासमेत रहेका जसपाका अध्यक्ष भट्टराईबीच निरन्तर भेटघाट गराउने र दुई समूहलाई मिलाएर लैजाने प्रयास गरिरहेका उनले यो खेल के का लागि गरिरहेका छन् भन्ने बारेमा केही नखुले पनि यसमा चिनियाँहरुको सक्रियता रहेको स्रोतको दाबी छ । 

उनले उपराष्ट्रपति निवासलाई दुई अध्यक्षको भेटघाट गर्ने थलोको रुपमा परिणत गरिरहेका छन् । शुक्रबार पनि भृकुटीमण्डपको आमसभा सिध्याएर प्रचण्ड उपराष्ट्रपति कार्यालयमा पुगेर डा. बाबुरामसँग भेटघाट गरेका थिए । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईबीच गोप्य छलफल भएको थियो । 

सो समूहले काठमाडौमा आयोजना गरेको विशाल विरोध सभासकिएपछि लगत्तै उपराष्ट्रपति पुनलाई साक्षी राखेर पूर्व माओवादीका दुई शीर्ष नेताबीच छलफल भेटघाट भएको थियो । चिनियाँ पक्षले दुवै नेकपाका नेताहरुसँग निरन्तर छलफल गरे पनि परिणाम हासिल गर्न सकेका छैनन् । 

चिनियाँ टोलीले प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई ठूलै लगानी गरेका कारण धोका नदिने विश्वास लिएको थिए । तर अहिले ओलीले विश्वासघात गरेको भन्ने मनस्थितिमा पुगेपछि भने जसपा र प्रचण्ड समूहको सहकार्यका जोड दिएको स्रोतको दाबी छ ।

 ‘चिनियाँको लगानी राम्रै थियो, त्यही लगानीकै आधार र बलमा ओली पक्ष निर्वाचनमा जान हौसिएको हो तर चिनियाँहरुले कोर्ष बदलेर माधव नेपाल र प्रचण्ड तथा जसपालाई एकठाउँमा उम्भाए भने ओली पक्ष चुनावमा कमजोर हुने अवस्था आउछ’, सुरक्षा स्रोतको दाबी छ । 

जसपामा पूर्व एमालेबाट गएका अशोक राई राजेन्द्र श्रेष्ठहरु रहेका छन् । पूर्व माओवादीबाट गएका डा. बाबुराम भट्टराई र गंगा श्रेष्ठ सक्रिय रहेका छन् । चिनियाँहरुको बुझाई भने पूर्व माओवादी र पूर्व एमालेलाई प्रचण्ड–नेपाल समूहमा मिलाउने कोसिस पनि भैरहेको छ ।

 ‘कम्युनिष्ट ब्याकराउण्डका जसपा नेताहरुलाई सकेसम्म माधव प्रचण्ड समूहमा ल्याउने सकिएन भने पनि चुनावी सहकार्यका लागि सोसलिष्ट केन्द्र बनाएर अघि बढाउने चिनियाहरुको रणनीति देखिन्छ’, स्रोतको दाबी छ । 

स्रोतका अनुसार जसपाभित्र प्रचण्ड–नेपालले नेतृत्व गरेको पार्टीलाई कति हदसम्म विश्वास गरेर जाने भन्ने सन्दर्भमा विवाद कायमै रहेकाले सो विवादलाई कमजोर बनाउने प्रयास स्वरुप भट्टराई र प्रचण्डको भेट भएको भनेर पनि अर्थ्याउन थालिएको छ । 

तराई मधेशमा केन्द्रीत रहेका पार्टीहरुले चिनिया पक्षलाई तराई मधेशमा लगानी बढाउन आग्रह गरिरहेका बेला राजनीतिक रुपमा पनि चिनियाँले चाहेजस्तो अवस्था खडा गर्न उनीहरु लागेको अनुमान गर्न थालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ