arrow

हिरासतमै प्रहरीबाट कुटिए दुई बालक 

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०७७ माघ ११ आइतबार
child-hit-by-police.jpg

कपिलवस्तु । इलाका प्रहरी कार्यालय महाराजगंजमा १३ वर्षीय बालकमाथि प्रहरीले निर्घात रुपमा कुटपिट गरेका छन् । सामान्य बालबालिकाको चोरीको विषयमा सोधपुछ गर्ने बहानामा प्रहरीले हिरासतभित्र दुई बालकलाई कुटेको बालकले आरोप लगाएका छन् । 

महाराजगंज नगरपालिका वडा नं ३ चोहटी निवासी वर्ष १३ को बालक मुवारक मनिहार र सोही स्थान बस्ने वर्ष ११ का बकरुद्धिन मनिहारलाई प्रहरी कार्यालय भित्र सोधपुछ गर्ने क्रममा २ जना प्रहरीले कुटेको बालकले बताएका छन् । 

बालकलाई टाउको, पेट र खुट्टामा लाठी तथा हातले हानेको बताएका छन् ।  मुवारक मनिहारका अनुसार कुटपिट गरेको र कुटेको कुरा बाहिर वा परिवारलाई भनेमा जिल्ला तथा अन्य स्थाानमा थुनामा राख्ने धम्की दिएको तर उनलाई पीडा भएपछि घरमा गएर परिवारलाई जनाएका थिए । 

खुट्टा चल्न नसकेपछि कपिलवस्तु अस्पताल तौलिहवामा  उपचारको लागि घटना भएकै दिन राति शनिवार ८ बजे आएका थिए । अस्पताल स्रोतका अनुसार बालकको खुट्टामा कुटपिट गर्दा मासंपेसी शिथिल र सोइलिङ भएको एक्सरे रिर्पोटमा उल्लेख छ । 

मुवारका बुबा गइसो मनिहारले भने, ‘२ जना बालकलाई कार्यालयभित्र लगेर सोधपुछ गर्ने भनेर लगेको सो बेला बालक रोएको आवाज सुनेको  थिएँ तर आफूले सामान्य धम्की सोधपुछ होला भनेको थिएँ तर छोरालाई निर्घात कुटिएको रहेछ । ’

बकरुद्धिन मनिहार र मुवारक मनिहार साथी रहेको बकरुद्धिनको घरबाट ५ हजार भारु रकम  चोरी भएको र सो चोरी मुवारकले गरेको आरोपमा उजुरी दिएपछि इलाका प्रहरीमा दुवै पक्षलाई बोलाएको थियो । 

मुवारकले चोरी नगरेको बताउँदै आएका थिए । उनका अनुसार २ दिन चाउमिन तथा नास्ता बकरुद्धिनसँग गरेको  तर पैसा लिने र चोर्ने काम आफूले नगरेको बताएका थिए । 

तर उनका परिवारले छोराले चोरी नगरेको तर नास्ता खाजा खाएको भए आधा पैसा दिन्छुसमेत भनेका थिए । तर जवरजस्ती बालकलाई फसाउने र बालकलाई कुट्ने काम गरेको बताए । 

उता इलाका प्रहरी कार्यालय महारजगजंका प्रहरी नायव निरीक्षक होमबहादुर पुनले चोरी केसमा बालकलाई सोधपुछ गरेको तर कुटपिट नगरेको बताए । प्रहरी हिरासतमा कसैलाई कुटपिट गर्ने अधिकार नभए पनि नाबालक बालकलाई पिटेर  मानसिक तथा शारीरिक चरम यातना  दिने तथा निर्घाट कुटपिट गर्ने कार्य निन्दनीय भएको अधिकारकर्मीहरुले बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ