arrow

ऋषिहरुको सेवा गर्ने शबरीले गरिन् श्रीरामले नसकेको काम

logo
रामायण,
प्रकाशित २०७७ माघ ११ आइतबार
bhilini.jpg

काठमाडौं । शबरी (भिलनी) जातमा अछूत थिइन्, यसकारण उनि रातमा लुकेर ऋषिहरुको बाटो सफा गरेर गोबरले लिप्थिइन् र स्वच्छ बनाउथिन्। एकदिन मतंग ऋषिका शिष्यहरुले उनलाई देखे र ऋषि सामु उपस्थित गराए।

मतंग ऋषिले भने,'भगवत भक्तिमा जाति कुनै बाधा हुनसक्दैन। शबरी पवित्र र  शुद्ध छिन्। उनि माथि लाखौं ब्राह्मणहरुको धर्म कर्म न्योछावर छ।' सो सुनेर सबै चकित भए । शवरीको अथाहा भगवान प्रेम देखेर मतंग ऋषिले शबरी (भिलनी)लाई  भने, 'एक दिन भगवान श्रीरामले तिमिलाई दर्शन दिनुहुनेछ।'  

शबरी (भिलनी) भित्र साचो भावना थियो उनि सोच्थिइन् मेरो कुटिमा भगवान आउनुहुनेछ र मलाई दर्शन दिनुहुनेछ। भिलनीको यस्तो निष्काम भावनाबाट प्रभावित भइ प्रभुले उनलाई दर्शन दिनुभयो ।

एक पटक जब पम्पा सरोवरमा प्रदूषित भयो तब भगवानले भन्नुभयो, 'ऋषिहरुको चरणको स्पर्शले सायद यो पम्पा सरोवर सफा हुनेछ।' अनेक ऋषिहरुले आफ्नो चरण सरोवरमा राखे तर दूषित समाप्त भएन अन्तमा भगवानले भिलनीलाई भन्नुभयो,' भिलनी तिमि यस पम्पा सरोवरको उद्दार गर तिम्रो स्पर्श मात्रले यो किरा टाढा हुनेछ ।'

भिलनीले भनिन्,'यो कसरी हुन सक्छ ? म त दिनहिन हुँ, म त तल्लो जातकी महिला हुँ, ममा कुनै क्षमता छैन।' तर भगवानले भन्नुभयो मलाई जात पात ठुलो सानोसँग मतलब छैन म त भावनाको भोको हुँ। तब भिलनीले त्यस जलमा स्पर्श गरिन् तव सवै पम्पा सरोवरको दोष समाप्त भयो।

प्रभु रामको आज्ञानुसार जब भिलनी चरण प्रदूषित पम्पा सरोवरमा पर्‍यो तव पम्पा सरोवरको जल पनि पवित्र भयो । पहिले पनि सबै ऋषि-मुनिहरुले आ आफ्नो चरण त्यसमा हालेका थिए, तर पम्पा सरोवर पवित्र भएन।

भगवान राम राक्षहरुलाई मार्नेमा लाग्नुभएको थियो, उहाँको मनमा मार्ने तामस भाव थियो। यसकारण उहाँले पनि पम्पा सरोवरलाई पवित्र गर्न सक्नु भएन। तर भिलनीको मनमा कुनै पनि भेदभाव तथा अहंकार थिएन । उनि निष्काम भावबाट सबैको सेवा गर्दथिइन्। कसैसँग भेदभाव गर्दिनथिइन्। उनको मन भित्र सबैप्रति सद्भावनाको पवित्र भाव थियो।

यसकारण भिलनीले सम्पूर्ण पम्पा सरोवरको जललाई पवित्र गरिन्। उनि ऋषिहरु प्रातः उठ्नु भन्दा पहिले उनिहरुको आश्रममा कुचो लगाउथिइन्। भिलनीको मन भित्र स्वच्छताको भाव थियो। उनि बिना कुनै भेदभाव ऋषि-मुनियहरुको आश्रमको सफाई गर्थिन्।

भगवानको पावन नाम र स्वरूपको ज्ञान प्राप्त गरेपछि, ध्यान र भजन-सुमिरण गर्नाले उनको मन यति निर्मल र पवित्र भएको थियो कि उनको चरण पर्दै पम्पा सरोवरको जल शुद्ध भयो। यसप्रकार भगवान रामले भिलनीलाई महान बनाउनुभयो।    

यसकारण मनलाई पवित्र र निर्मल बनाउन आवश्यक छ। मनलाई पवित्र बनाउने विधि समयका महापुरुषले नै बताउन सक्छन्। हामी सबैले समयका महापुरुषबाट आत्मज्ञानलाई प्राप्त गरेर आफ्नो आत्माको उत्थान गर्नुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ