arrow

'नेपालको आफ्नै धार्मिक सांस्कृतिक परिवेश छ, यसले गणतन्त्र धान्दैन'

logo
सन्जय भट्टराई,
प्रकाशित २०७७ माघ ११ आइतबार
kamal-thapa12.jpg

कावासोती । राप्रपाका अध्यक्ष एवं पूर्व उप-प्रधानमन्त्री कमल थापाले आफ्नै धार्मिक र सांस्कृतिक परिवेश भएकै कारणले नेपाल गणतन्त्र धान्न नसक्ने बताएका छ्न । पुर्वी नवलपरासीको कावासोतीमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन ।

नेपालमा गणतन्त्रको बिउनै कमसल परेको कारणले फसल गतिलो नलागेको हुँदा अहिलेको राजनीतिक अस्थिरता उत्पन्न भएको थापाको भनाई थियो ।

प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन भएको हुँदा यसको पक्ष विपक्षमा बोलेर अदालतलाई प्रभावित गराउन नहुने तर्फ जोड दिदै थापाले अदालतको निर्णय पर्खन कार्यकर्तालाई आग्रह गरेका छ्न ।

अदालतको फैसला आफ्नो ठाउँमा छ तर ओलिको बहिर्गमनको लागि चुनाव हुन जरुरी भएको थापाको जिकिर थियो । नेकपालाई जनताले दुई तिहाई मत दिएर सत्तामा पठाए तर नेकपाले जनताको विश्वास धान्न नसक्दा अहिलेको अवस्था आएको हुँदा निर्वाचन नै समस्याको समाधान भएको बताएका छ्न ।

थापाले नेकपाले जनताको मतको अवमूल्यन गर्दा भारत र चीन नेपालको आन्तरिक राजनीतिमा खेलेको आरोप समेत लगाएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ