arrow

नेकपाका दुवै पक्षको मागदाबी अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णय

logo
प्रकाशित २०७७ माघ ११ आइतबार
election-commission-nepal.jpg

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षको मागदाबी अर्थात बेग्ला बेग्लै निर्णयलाई अस्वीकार गरेको छ ।

आइतबार बसेको बैठकले दुवै पक्षको निर्णय र मागदाबीलाई अस्वीकार गर्ने निर्णय गरेको आयोगले जनाएको छ । अलग-अलग ढंगले पार्टीमा लिएका निर्णय दलको विधानसम्मत नभएको आयोगको निष्कर्ष छ ।

दुवै पक्षले आफू आधिकारिता हुने दाबी गरेपनि आयोगको मान्यना दिन अस्वीकार गरेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले अलग-अलग ढंगले पार्टीमा लिएका निर्णयप्रति आयोगले असहमति जनाएको हो ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएपछि नेकपा विभाजित बनेको हो ।

प्रचण्ड-माधव पक्षले नेकपाका ४ सय ४१ केन्द्रीय सदस्यमध्ये दुई तिहाइको साथ आफूहरुसँग रहेको दाबी गर्दै त्यसको जानकारी आयोगलाई दिएका थिए ।

त्यस्तै ओली पक्षले पार्टीको विधान संशोधन गरेर केन्द्रीय कमिटी विस्तार गर्दै ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई १ हजार ५ सय १ सदस्यीय पुर्‍याएका छन्  । त्यसको जानकारी पनि आयोगलाई गराइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ