arrow

उच्च प्रविधिको आर्टिफिसियल इन्टेलिजेन्स भएको एलजीको वासिङ मेसिन बजारमा

logo
प्रकाशित २०७७ माघ ११ आइतबार
cg-lg-new.jpg

काठमाडौं। एलजी एआई डीडीटीएम (आर्टिफिसियल इन्टेलिजेन्स डाइरेक्ट ड्राइभ) मोटर भएको वासिङ मेसिन नेपाली बजारमा आएको छ। यस वासिङ मेसिनमा एआई डीडीटीएम जस्ता अत्याधुनिक प्रविधि रहेको जनाइएको छ।

नेपालमा एलजी ब्राण्डका आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्रालिले प्रेस विज्ञप्ति जारी गरी जनाए अनुसार यो प्रविधिले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउँछ र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउँछ।

यस्तै एआई डीडीटीएम वासिङ मेसिनले बिग डेटभा विथ बीप लर्निङ उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुनेसमेत बताइएको छ। यस वासिङ मेसिनमा स्टिम प्लस टीएम प्रविधि रहेको छ जसले कपडाको हरेक रेसाभित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्छ गर्ने र हाइजिन वास दिनुका साथै ३० प्रतिशत कपडाहरुलाई खुम्चिनबाट बचाउनेसमेत सिजीले जानकारी दिएको छ।

टर्बो वास टीएम ३६० डिग्री र फोर हाइ स्पिड स्प्रे नोजल विथ इन्भर्टर पम्प टेक्नोलोजी रहेको यस मेसिनले उच्च र कम गति आवश्यकता अनुसार पानीका फोहोरा फाल्ने र ३९ मिनेटमा वास साइकल पूरा गर्ने पनि जनाइएको छ । यसबाट बिजुली र समयको बचत पनि हुनेछ।

यसमा मिसएलाइन्ड १०० प्रतिशत स्टेनलेस स्टील लिफ्टर छ जसले गर्दा कपडाहरुमा रहेको किटाणु नष्ट गरी हाइजेनिक र कपडा गन्हाउन दिँदैन। यसमा टेम्पर ग्लास डोर छ जसमा स्क्रयाच नलाग्ने स्थायित्व प्रतिरोधि हुनुका साथै एलिगेन्ट डिजाइन, वास साइकल छनोट गर्ने आकर्षक मेटालिक नोब र बिग एलईडी डिस्प्ले रहेको छ।

सीजीले भनेको छ, ‘कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सरको मद्धतले रिन्ज र स्पिनको बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पन मुक्त गर्दछ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ