arrow

भारतमा कोरोनाबाट निको हुनेभन्दा नयाँ संक्रमित बढी

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
corona-India_khop.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित बढेका छन् । पछिल्ला दिनहरुमा नियन्त्रणउन्मुख भारतमा नयाँ थपिने संक्रमित भन्दा निको हुनेको संख्या बढी हुँदै आएको थियो । 

तर आइतबार भने १३ हाजर २३२ जना संक्रमित थपिँदा १३ हजार १४८ जनालाई मात्र निको भएको छ । १३१ जनाको ज्यान गएको छ । 

भारतले तीव्र गतिमा कोरोनाको खोपसमेत लगाइरहेको छ । यो विश्वकै सबैभन्दा ठूलो अभियानअन्तर्गत भइरहेको हो । 

अहिलेसम्म भारतमा संक्रमित हुने १ करोड ६ लाख ६८ हजार ६७४ जना पुगेका छन् । १ करोड ३ लाख २९ हजार २४४ जनालाई निको भएको छ । 

१ लाख ५३ हजार ५०८ जनाको ज्यान जाँदा १ लाख ८१ हजार ४८० जना सक्रिय संक्रमित भएका छन् । पछिल्लो समय सबैभन्दा बढी पीडित केरल बनेको छ । 

केरलमा आइतबार ६ हजार ३६ जना संक्रमित थपिएका छन् । सक्रिय संक्रमितको संख्या केरलमा ७२ हजार ८९४ पुगेको छ । 
महाराष्ट्रमा दोस्रो बढी ४४ हजार ८३१ जना सक्रिय संक्रमित छन् । 

नेपालको सीमा जोडिएको राज्य बिहारमा २ हजार ४०९ जनामात्र सक्रिय संक्रमित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ