arrow

विद्रोहीको आक्रमणमा छ सेनाको गयो ज्यान, ३० विद्रोही मारिए

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
mali-killed.jpg

काठमाडौं । मालीमा विद्रोहीको आक्रमणमा परी ६ जना सैनिक मारिएका छन् ।  पश्चिमी अफ्रिकी मुलुक मालीको बुर्किना फासोको सीमा नजिकै भएको हमलामा केही सैनिक घाइते भएको जनाइएको छ ।

 सरकारी सेनाले विद्रोहीहरुतर्फ ३० जनाको मृत्यु भएको दावी गरेको छ । विद्रोही विरुद्धको कारवाहीमा उनीहरुको साथबाट ठूलो मात्रामा बन्दोबस्तीका सामग्रीसमेत नियन्त्रणमा लिएको सेनाको दावी छ ।

सन् २०१२ देखि मालीमा राजनीतिक अस्थिरता सुरु भएसँगै विद्रोहीहरुले हिंसात्मक गतिविधि गर्न थालेका छन् । 

विभिन्न जातीय समूहहरुले सशस्त्र गतिविधि सञ्चालन गर्न थालेसँगै मालिका विभिन्न क्षेत्र विद्रोहीको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ