arrow

कोरोनाको खोप लगाएकाले पनि सार्न सक्छन् भाइरस

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
corona-vaccine1.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबाट बच्नका लागि प्राथमिकताका साथ लगाइएको खोपबाट सबै समस्याको समाधान नहुने स्पष्ट भएको छ । बेलायतका एक स्वास्थ्य अधिकारीले कोरोना विरुद्धको खोप लगाएकाहरुले समेत अरुलाई कोरोना भाइरस सार्न सक्ने बताएका हुन् । 

उनको यो भनाइले सावधानी अझै पनि अपनाउनै पर्ने स्पष्ट भएको छ । उनले लकडाउनका नियमहरू पालना गर्न आवश्यक रहेको समेत उल्लेख गरेको बीबीसीले लेखेको छ । 

आइतबार टेलिग्राफ पत्रिकामा लेख्दै डेप्यूटी चीफ मेडिकल अफिसर पनि रहेका प्राध्यापक जोनाथन भ्यान टामले वैज्ञानिकहरुलाई ‘अझैसम्म भाइरस प्रसारमा खोपको प्रभावबारे थाहा नभएको’ मा जोड दिएका छन् ।

भ्यान टामले खोपले ‘आशा’ जगाएको तर सङ्क्रमणको दर चाँडै कम गरिनुपर्ने बताएका छन्। उनले भने, ‘कुनै पनि खोप शतप्रतिशत प्रभावकारी देखिएको छैन। त्यसैले सुरक्षा हुन्छ नै भन्ने छैन।’

उनका अनुसार खोप लगाएको दुईदेखि तीन हप्ता सम्ममा भाइरसबाट सङ्क्रमित हुन सक्ने सम्भावना रहन्छ। वृद्ध मानिसहरुमा खोपको प्रभाव पूर्ण रूपमा विकसित होस् भनेर ‘कम्तीमा तीन हप्ताको’ समय दिँदा ‘उत्तम हुने’ उनी बताउँछन् ।

‘खोपको दुवै मात्रा प्राप्त गरिसकेको अवस्थामा समेत तपाईँले अरू कसैलाई कोभिड–१९ सार्न सक्नुहुन्छ र यसले भाइरस फैलिने चक्रलाई निरन्तरता दिनेछ,’ प्राध्यापक भ्यान टामले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ