arrow

सिरहाका शिव शाह अमेरिकाको न्युजर्सीबाट बेपत्ता

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
shivaa.jpg

काठमाडौं । नेपाल घर सिरहा भएका र हाल अमेरिकाको न्युजर्सीमा अध्ययनरत एक नेपाली विद्यार्थी बेपत्ता भएकोले नेपाली समुदायलाई उनलाई खोजीमा सहयोग गर्न अपिल गरिएको छ । 

अजय शाह नाम गरेका उक्त विधार्थी गत जनवरी १८ देखि हराइरहेको उनका दाई  शिव शाहले जानकारी गराएका छन् । शाह विगत साढे २ बर्षदेखि ड्रु विश्वबिद्यालयमा अध्ययनरत रहेको बुझिएको छ । उनका दाजु पनि अमेरिकाकै टेक्ससमा बसोबास गर्दै आएकाले उनि भाईको खोजीको लागि टेक्ससबाट न्युयोर्क आई न्युजर्सीतर्फ लागेका छन् भनि अमित कुमार शाहले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । 

बेपत्ता भएका शाहलाई अन्तिम पटक न्युजर्सीको नेवार्क पेन स्टेसनमा राती ११स्३७ मिनेट, जनवरी १९,२०२१ को दिन सम्म देखिएको थियो । 

उनका दाजु शिव शाहका अनुसार बिगत ६ दिन देखि प्रहरीहरुले सुस्त रुपमा चाख लिएको र उनि हराएको बारेमा न्युजर्सीको म्याडिसन र पेन स्टेसनमा जडान भएका चित्रग्राहिणी(क्यामरा)पनि राम्रो संग नहेरेकोमा दुःख व्यक्त गरेका छन् । 

करिव १०ः५३ देखि ११ः५२ सम्म उनि त्यतै भएकोले त्यहाँदेखि उनि हराई रहेको दाजुले जानकारी दिएका छन् । र, म्याडिसन प्रहरीलाई र न्युयोर्क प्रहरीलाई समेत कुरा गर्न नेपाली समुदायलाई आग्रह गरेका छन् । 

विगत ६ दिनदेखि सामाजिक सञ्जाल र दूर संचार (फोन)मा समेत कुनै क्रियाकलाप नभएको उनका दाजुले जनाएका छन् । जनवरी १९ मा न्युयोर्कमा आउनका लागि टिकट किनेको जस्तो देखिएको छ । जनवरी ११ मा विहान ११ बजेतिर टिकट किनेको देखिएपनि त्यसपछि बैंक कुनै कारोवार नदेखिएको जनाइएको छ । तर उनी टिकट लिएर न्युयोर्क आए नआएकोबारे केही खुलेको छैन ।

दाई शिव शाहका अनुसार हराई रहेका उनका भाई शाह ५ फिट ७ इन्च उचाई रहेको छ भने उनको कालो आँखा र कालो कपाल रहेको छ । उनि त्यस दिन देखि कसैसंग कुरा नगरेको उनका दाजुले बताएका छन् । 

उनका मातापिता नेपालमा भएकोले कैयौ पटक उनलाई खोजेको खोजै गरि रहनु भएको दाजुले लेखेका छन् । दाजु शिव शाहले सबैलाई खोजी गरिदिनु हुन् बिशेष अनुरोध र आग्रह गरेका छन् । -जिएनएन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ