arrow

कमलपोखरीको माटोको टिका लगाएर बालुवाटार मार्च

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
kamalpokhari2.jpg

काठमाडौं । कमलपोखरीको माटोको टिका लगाएर सोमबार काठमडौंमा बृहत नागरिक आन्दोलन भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा नारायण वाग्ले, खगेन्द्र संग्रौला, सन्जिब उप्रेति, डा. गोबिन्द केसी, मोहना अन्सारी र दयाहाङ राईलगायतको अगुवा समुहको नेतृत्वमा प्रतिगमनको विरोधमा बालुवाटार मार्च भएको हो ।

वृहत नागरिक आन्दोलन कमलपोखरीमा पोखरीको माटोका टिका लगाउँदै सुरु भएको थियो । कमलपोखरीबाट सुर भएको आन्दोलन बालुवाटारसम्म पुगेको छ ।

आन्दोलनमा सहभागीहरु अहिले कमलपोखरीको वचावको माग गर्दै बालुवाटारमा धर्ना बसेका छन् । आन्दोलनमा सहभागीहरुले कंक्रिटको कमलपोखरी चाहिँदैन भन्दै विरोध गरेका छन् ।

काठमाडौं महानगरपालिका-१ स्थित ऐतिहासिक कमलपोखरी पुनःनिर्माणको काम तत्कालका लागि स्थगित भएको छ।

कमलपोखरी निर्माण गर्दा ऐतिहासिक र पर्यावरणीय पक्षलाई ध्यान दिन पुरातत्त्व विभाग, स्थानीय सरोकारवाला र सम्पदा संरक्षण अभियन्ताले महानगरपालिकालाई ध्यानाकर्षण गराएपछि हाललाई निर्माणको काम रोखिएको हो।

ऐतिहासिक पोखरीको मौलिकता मास्ने र क्षेत्रफल खुम्च्याउने गरी महानगरले पोखरीलाई कंक्रिट बनाउन थालेपछि निर्माण रोक्न दबाब बढेको थियो । महानगरले पारित गरेको डिजाइन पनि स्थानीय र अभियन्ताहरुसँग गरेको सहमति विपरित तयार भएको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ