arrow

बालुवाटार मार्चमा प्रहरीको दमन

'अब तेस्रो जनआन्दोलन सुरु भयो'

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
kamalpokhari2.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको बिरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले दमन गरेको छ । कमलपोखरीको माटोको टिका लगाएर निस्किएका नागरिक अगुवामाथि प्रहरीले पानीको फोहोरा हाल्नुका साथै लाठी चार्ज समेत गरेको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले आक्रमण गर्दा कयौं अभियानकर्मी घाइते भएका छन् ।

सोमबार नारायण वाग्ले, खगेन्द्र संग्रौला, सन्जिब उप्रेति, डा. गोबिन्द केसी, मोहना अन्सारी र दयाहाङ राईलगायतको अगुवा समुहको नेतृत्वमा प्रतिगमनको विरोधमा बालुवाटार मार्च गरेको थियो ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले एक्कासी दमन गरेको वरिष्ठ पत्रकार नारायण वाग्लेले बताएका छन् । उनले भने 'हामी माथि बिना सूचना बर्बर दमन भयो, मेरो आफ्नै कुरा गर्ने हो भने अब तेस्रो जनआन्दोलन सुरु भयो ।'

वृहत नागरिक आन्दोलन कमलपोखरीमा पोखरीको माटोका टिका लगाउँदै सुरु भएको थियो । कमलपोखरीबाट सुरु भएको आन्दोलन बालुवाटारसम्म पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ