arrow

बाँदरेमोडमा बोलेरो र मोटरसाइकल ठोक्कियो, पुजनको मृत्यु

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
accident1.jpg

धादिङ ।बेनीघाट रोराङ गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको बाँदरेमोडमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ  ।
 
चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ०-३-०-१००३ क ५३२५ नम्बरको बोलेरो र विपरीत दिशाबाट मुग्लिङतर्फ जाँदै गरेको बा८४प १५७१ नम्बरको मोटरसाइकल दिउँसो ३ बजे एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
       
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार काठमाडौँ गुर्जुधारा निवासी पुजन खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटनापछि बुलेरो चालकलाई प्रहरीले पक्राउ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ