arrow

संवैधानिक इजलास

२० मिनेट समय दिएकोमा तीन घन्टा बहस गरेका थापालाई प्रश्न: ‘सरकार चलाउन सहयोग गरेको त देखिएन नि ?’

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
Supreme-court-judges1.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीलाई हालको अवस्थामा प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको जिकिर गरेका छन् ।

‘प्रधानमन्त्रीसँग भएको संविधान अर्कै पो हो कि ?’ भनेर कटाक्ष गर्दै उनले भने, ‘क्राउन’(श्रीपेच)लाई जस्तो परमाधिकार प्रधानमन्त्रीलाई छैन ।’

२०४७ सालको संविधान अनुसार राजा संविधानभन्दा माथि रहेको अवस्थामा विघटनको व्यवस्था भए पनि अब सार्वभौमसत्ता जनतामा रहेकाले संसद विघटन हुन नसक्ने उनले बताए।  थापाले प्रधानमन्त्रीले जीवित संसद मारेको टिप्पणी गरे।

२० मिनेटको समय पाएपनि सोमवार करीब डेढ घण्टा बहस गरेका थापाले मंगलवार पनि डेढ घण्टाकै समय वहसलाई विट मारेका छन् ।

इजलासमा दिएको २० मिनेटको समयलाई ओभरटेक गर्दै उनले तीन घन्टा लामो बहस गरेका हुन । सोमबार १ बजेदेखि वरिष्ठ अधिवक्ता थापाले बहस गरेका थिए ।

मंगलबारको बहसका क्रममा थापालाई न्यायाधीश अनिल सिन्हाले ‘आफैंले चुनेको व्यक्तिलाई सरकार चलाउन सहयोग गरेको त देखिएन नि ?’ भनेर प्रश्न गरेका थिए ।

जवाफमा ‘एक जना मन्त्रीले पनि छाडेका छैनन्, दल विभाजन भएको छैन, नीति कार्यक्रम चलेको छ, बजेट चलेकै छ । अस्ति भर्खर ३ जना राजदूत नियुक्त भए’ उनले भने, ‘प्रधानमन्त्रीले कुनचाहिँ काम गर्न सक्नुभएन त ?’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ