arrow

चीनको 'डेब्ट ट्रयाप'मा फसेको पाकिस्तान अर्थतन्त्र धान्न 'पार्क' बेच्दै

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
Pakistan-Flag.jpg.jpeg

काठमाडौं । वैदेशिक ऋणका कारण आर्थिक संकटतिर डोरिएको पाकिस्तान अर्थतन्त्र धान्नका लागि पार्क बेच्ने स्थितीमा पुगेको त्यहाँको पत्रिका ‘डन’ले जनाएको छ ।

इमरान खान नेतृत्वको संघिय सरकारले इस्लामाबादको सबैभन्दा ठूलो फतिमा जिन्ना (एफ–९) पार्क ५ खर्ब अमेरिकी डलरमा बेच्ने तयारी गरेको हो ।

संघिय सरकार आर्थिक संकटमा परेका कारण यो निर्णय अघि सारेको पाकिस्तानी पत्रिका डनले उल्लेख गरेको छ । सबैभन्दा बढी रेमिट्यान्स भित्रिने साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्ससँग सम्बन्ध बिग्रिदै गइरहेका बेला पाकिस्तानले यस्तो निर्णय गरेको हो ।

गत अगस्तमा साउदीले पाकिस्तानलाई तत्काल ३ खर्ब अमेरिकी डलर ऋण तिर्न निर्देशन दिएको थियो । 

युनाइटेड अरब एमिरेट्स(युएई)ले हालै पाकिस्तानी कामदारका लागि भिसा दिन रोक लगाएको छ । यसअघि यी दुई मूलूकसँग पाकिस्तानको राम्रो सम्बन्ध रहिआएको थियो । 

तर, पाकिस्तानले टर्कीसँग र टर्की समर्थनमा हुइकिएपछि साउदी र युएईले पाकिस्तानलाई झट्का दिएको हो ।

मलेसिया, पाकिस्तान र टर्कीबीच नयाँ इस्लामीक गठबन्धनको पहल चाल्नुले पाकिस्तानलाई अरब विश्वबाट विरोधीको अर्को दर्जा मिलेको थियो ।

यद्यपी, मलेसियामा सत्ता परिवर्तनभएपछि पाकिस्तानलाई उल्टै झट्का लागेको छ । पाकिस्तानको निकट मित्र रहेको टर्की आफै आर्थिक संकटमा छ ।

अहिलेको अवस्थामा आउँदा अरब बिश्वमा आफुलाई चम्काउन खोजेको पाकिस्तान ती मूलूकहरुबाटै दमनमा परेको छ ।

पाकिस्तानको अर्को बन्धुका रुपमा रहेको चलाख चीनले त्यहाँ सञ्चालन भइरहेको आफ्नो परियोजना (चाइना पाकिस्तान इकोनोमिक करिडोर–सिप्याक)मा ढिलाइ भइरहेका कारण पाकिस्तानलाई पैंसा दिइरहेको छैन ।

पाकिस्तानको बलुचिस्तान, गिलगिट बाल्टिस्तान र पञ्जाबलगायतका क्षेत्रमा सिप्याक परियोजनाको विरोध हुँदै आएको छ । यस्तोमा विदेशी र घरेलु ऋण, मुद्रास्फीति लगायतले पाकिस्तानको अर्थतन्त्रमा ठूलो झट्का लागेको छ । इमरान खान नेतृत्वमा आएको विगत अढाइ बर्षदेखि पाकिस्तानको जीडीपीमा सुधार हुन सकेको छैन।

यस अवस्थामा पाकिस्तानले देशको आर्थतन्त्र धान्न करिब २२ लाख नागरिकको सम्पतीका रुपमा रहेको पार्क नै बेच्न लागेको हो। यसबीच इस्लामावादका मेयर पीर आदिल गिलानीले पार्क बेच्ने निर्णयको विरोध गरेका छन् । पार्क बेच्ने निर्णयमाथि पाकिस्तानको मन्त्रीस्तरीय बैठकले थप निर्णय गर्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ