arrow

चार पूर्व प्रधान्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा, पेशी माघ १५मा

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
supreme-court-of-nepal.jpeg

काठमाडौं । चार पूर्वप्रधान्यायाधीशहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता धनजीत बस्नेतले संसद विघटनको विरोधमा संयुक्त विज्ञप्ति जारी गर्ने पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गरेका हुन् ।

निवदेकले अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै रिट दायर गरेका हुन् ।

निवदेकले चारै जना पूर्वप्रधानन्यायाधिसलाई न्याय प्रशासन ऐन २०७३ को दफा १७ को उपदफा ४ बमोजिम हदैसम्मको सजायँको माग गरेका छन् । 

कानुन अनुसार यस्ता मुद्दामा एक वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने कानुनी व्यवस्था छ । यो मुद्दाको पेशी यही माघ १५ गते तोकिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ