arrow

बीआरआई फ्रेमवर्कको गम्भीर मोडमा चीन र पाकिस्तान 

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
cpec-pakistan-china1.jpg

कराँची । चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटीभ (बीआरआई)को फ्रेमवर्कको गम्भीर मोडमा चीन र पाकिस्तान पुगेका छन् । जसका कारण सदाबहार साझेदार चीन पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)को वार्षिक द्विपक्षीय शिखर सम्मेलनमा ढिलाइ भएको छ । 

संयुक्त सहकार्य समिति (जेसीसी)सीपीईसीको प्रमुख निर्णय गर्ने निकाय हो । यो योजनामा संयुक्तरुपमा पाकिस्तानको योजना, विकासमन्त्री र चिनियाँ राष्ट्रिय विकास र सुधार आयोगका उपाध्यक्षले अध्यक्षता गरिँदै आएको छ । 

पहिलो जेसीसी बैठक २०१३ को अगस्तमा सम्पन्‍न भएको थियो भने पछिल्लो पटक नोभेम्बर २०१९ मा सम्पन्‍न भएको थियो । जेसीसीको १० औं बैठक सन् २०२० को सुरुवातका लागि तयर गरिए पनि हालसम्म बस्‍न सकेको छैन ।

सन् २०२० को सुरुवातमा कोरोना महामारीलाई कारण देखाउँदै बैठकमा ढिलाइ गरेको भन्‍ने देखाइए पनि हाल वास्तविकता भने बाहिरिएको छ । निक्कि एसियाका अनुसार बैठकमा ढिलाइ हुनुको मुख्य कारण कोरोना महामारी नभइ रेल परियोजना र विशेष आर्थिक क्षेत्रकाबारे दुबै मुलुकबीचको असहमति रहेको भन्‍ने खुलेको छ । 

पाकिस्तानको योजना, विकास र विशेष पहल मन्त्री असद उमरले स्थानीय मिडियालाई नोभेम्बरमा १० औं जेसीसी आगामी महिनामा आयोजना गरिने बताएका थिए । तर, हालसम्म बैठक कहिले बस्‍ने भन्‍ने कुनै टुंगो लागेको छैन । तर, नाम नखुलाउने शर्तमा पाकिस्तानी योजना आयोगका अधिकारीले भने तीन महिनासम्म बैठक बस्‍न नसक्ने बताएको स्थानिय मिडियाहरुलाई उदृत गर्दै समाचार संस्थाहरुले लेखेका छन् । 

एमएल १ सबैभन्दा ठूलो सीपीईसी परियोजना हो । यसले पाकिस्तानलाई थप ऋणमा डुबाउने देखिएकोले पाकिस्तानले यस विषयमा पुनर्विचार गर्ने भएको छ । उक्त रकम पाकिस्तानलाई तीन प्रतिशत ब्याजमा उपलब्ध गराइने भएको हो । 

चीनले त्यस्ता परियोजनाहरूको लागि सहुलियत र व्यवसायिक गरि मिश्रित ऋणको प्रस्ताव गरेको छ । यो योजना आयोगका अधिकारीहरुका अनुसार समग्र ब्याज दर इस्लामावादले ठूलो वृद्धि गर्नसक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ