arrow

अमृतको हत्या गरि भाग्ने प्रकाश ऐडीसहित तीन नेकपा कार्यकर्ता पक्राउ

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
prakash-aidi-amrit-singh-bajhang.jpg

बझाङ। बझाङ जिल्लाको छबिसपाथिभरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गर्ने नेकपाका फरार कार्यकर्ता प्रकाश ऐडीसहित तीन कार्यक्रता पक्राउ परेका छन् ।  खुँडा प्रहार गरी हत्या गरिएका अमृतका हत्या आरोपित तीन जना पक्राउ परेका हुन् ।

 छबिसपाथिभरा गाउँपालिका वडा नं ३ मा निर्वाचित वडाध्यक्ष विकास ऐडीको भतिज प्रकाशले काकाले प्रयोग गर्ने सरकारी बाईकमा गइ बीच सडकमा आक्रमण गरि सिंहको हत्या गरेका थिए।

खुँडा प्रहार गर्नेमध्येका एक जना सोही गाउँपालिका–२ का वर्ष ३२ का ज्ञानबहादुर कडायतलाई मङ्गलबार नै घटनास्थलबाटै पक्राउ गरिएको थियो । सोही ठाउँका फरार रहेका अन्दाजी वर्ष ३० का प्रकाश ऐडी र केदार ऐडीलाई बुधबार थलारा गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

छब्बिसपाथिभेरा गाउँपालिका–३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मङ्गलबार साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा वर्ष २७ का अमृत सिंहको मृत्यु भएको थियो ।

हत्या गरि फरार रहेका ऐडीका दाजु विकासलाई वडाअध्यक्षको टिकट सोहि जिल्ला घर भएका अनेरास्ववियूका संयोजक ऐन महरले दिलाएको स्थानियहरुले बताए । फरार अभियुक्त प्रकाश ऐडीको खोजविन जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ