arrow

रंगेली अस्पतालमा कोरोनाविरूद्ध खोप दिन शुरू

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
rangeli-khop.jpg

रंगेली । प्रदेश १ मा बुधबारदेखि ८ वटा जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ । मोरङको ४ खोप केन्द्र मध्ये रंगेली स्थित जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. रोहेन्द्र पाँडेलाई पनि कोभिशिल्ड खोप लगाएर रंगेलीमा फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीहरू लाई खोप अभियान सुरु गरिएको छ ।

सो क्रममा बुधबार रंगेली अस्पतालमा २९ जना स्वास्थ्यकर्मीलाई कोभिड विरुद्धको खोप दिईएको छ।  खोप लगाएपछि डाक्टर पाँडे खोपले कुनै साइड इफेक्ट नगर्ने हुदा भयवित हुनु नपर्ने बताए ।

बुधबार प्रदेश १ कै विराटनगर स्थित कोशी अञ्चल अस्पताल बाट औपचारिक कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीलगायतको उपस्थितिमा प्रदेशमा खोप अभियान शुरु गरिएको थियो ।

पहिलो चरणमा १ नम्बर प्रदेशका १४ वटा जिल्लाका ३५ हजार ५ सय ७६ जनालाई लगाइने बुझिएको छ।
 
मोरङ र सुनसरीमा ४ र ४ वटा खोप केन्द्र तय गरिएको छ भने झापामा ३ वटा खोप र अन्य जिल्लामा १/१ वटा केन्द्र तय गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ