arrow

डोटीमा ११ सय ग्राम सुनसहित साढे १७ लाख नगद बरामद

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
gold-pure2.jpeg

डोटी । डोटीमा लुकाएर राखेको ११ सय ग्राम सुन र १७ लाख ४७ हजार नगद प्रहरीले बरामद गरेको छ । बुधबार जिल्लाको केआईसिंह गाउँपालिका - ६ भिताणीका एक जनाले घरमा लुकाएर राखेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले हाम्राकुरालाई जानकारी दिए।

नगद बोकेर तराई जाने क्रममा ५८ वर्षिया काली भुललाई गोप्य सूचनाका आधारमा दिपायलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक धर्मानन्द जोशीले बताए । सुनका विषयमा सोधपुछ गर्दा महिलाले घरमा लुकाएर राखेको भनेपछि उनको घरमा छापा मारिएको हो ।

जोशीले भने ,'पैंसा र सुन कहाँबाट कसरी आएको भन्ने विषयमा अनुसन्धान पछि मात्रै जानकारी हुन्छ । यसका बारेमा अरु ब्यक्तिहरुको पनि संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ ।'

स्रोतका अनुसार भारतमा मजदुरी गर्दै आएका ब्यक्तिले भाद्र महिना तिर ठुलो मात्रामा सुन पठाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ