arrow

बुधबार कुन जिल्लामा कति थपिए संक्रमित ?

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
covid-test-positive-corona.jpg

काठमाडौँ । थप २८३ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय चार हजार ३८२ को पिसिआर परीक्षण गरिएको थियो ।

 हालसम्म देशभर तीन हजार २८६ सक्रिय संक्रमित छन् । योसँगै नेपालमा कूल संक्रमितको सङ्ख्या दुई लाख ७० हजार ३७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षण गराउनेको सङ्ख्या २० लाख ५७ हजार ६९ पुगेको छ ।

पछिल्लो समय थप तीन कोरोना संक्रमितको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार २० पुगेको छ । थप २४६ संक्रमित कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ६५ हजार ६९ पुगेको छ ।

देशभर हाल १२२ संक्रमित क्वारेन्टिनमा रहेका छन् । हाल देशभर १६२ कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत् छन् । जसमध्ये १३९ संक्रमित आइसियुमा तथा २३ संक्रमित भेन्टिलेटरमा छन् ।

पछिल्लो समय झापामा चार, ताप्लेजुङमा एक, तेह्रथुममा एक, सुनसरीमा एक, धनुषामा चार, बारामा दुई, महोत्तरीमा एक, सप्तरीमा एक, सिरहामा एक, काभ्रेपलाञ्चोकमा एक,  चितवनमा २७, दोलखामा दुई, धादिङमा पाँच, नुवाकोटमा एक, भक्तपुरमा एक, ललितपुरमा नौ, सिन्धुपाल्चोकमा एक, कास्कीमा २३, गोरखामा दुई, तनहुँमा तीन, नवलपरासीपूर्वमा १०, बागलुङमा एक तथा स्याङ्जामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी अर्घाखाँचीमा दुई, कपिलवस्तुमा एक, गुल्मीमा एक, पाल्पामा दुई, बाँकेमा नौ, बर्दियामा चार, रुपन्देहीमा ११, अछाममा एक, कञ्चनपुरमा दुई, कैलालीमा एक, डडेल्धुरामा छ, डोटीमा दुई तथा बैतडीमा एक जना कोरोनाबाट संक्रमित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ