arrow

सोलुदूधकुण्ड नगरपालिकाको एउटै वडाबाट नेकपाका पौने दुई सय कार्यकर्ताले छोडे पार्टी, कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
nc-pravesh-solukhumbu.jpg

सोलुखुम्बु । सोलुखुम्बुको एउटै वडाबाट नेकपाका डेढ सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । सोलुदूधकुण्ड नगरपालिका–७ तोजिङमा भएको कांग्रेसको पार्टी सुदृढिकरण तथा संगठन विस्तार कार्यक्रमका क्रममा नेकपा परित्याग गरी १७३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । स्थानीय समाजसेवी तथा कांग्रेस नेता सोनाम ग्याल्जेन शेर्पाको विशेष सक्रियतामा ठूलो संख्यामा पार्टी प्रवेश भएको हो ।

नवप्रवेशीलाई पार्टी प्रवेश गराउँदै नेपाली कांग्रेस सोलखुम्बुका पुर्व पार्टी सभापति आङगेलु शेर्पाले जनताको पार्टी कांग्रेस भएकाले अझै धेरै कांग्रेसमा आउने बताए। वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै नेता शेर्पाले जनताप्रति जिम्मेवार बन्न नसकेको भ्रष्ट सरकारलाई अब जनताले कुनै हालतमा पनि विश्वास नगर्ने ठोकुवा गरे।

कोरोनाका कारण उत्पन्न वरोजगारीको समस्यालाई समाधान गर्न सरकारले ठोस कार्यक्रम नल्याएको उनले बताए। काम गर्न नसक्ने कम्युनिष्ट सरकारले पार्टीको तामासा देखाएर जनताको भोक नमेटिने उनको टिप्पणी छ । नेकपाले हरेक कुरामा नाटक मञ्चन गरेको भन्दै अबको विकल्प नेपाली कांग्रेस रहेको बताए।

त्यस अवसरमा सोलुखुम्बु निर्वाचन क्षेत्र प्रदेश क का सभापति तथा पार्टी सचिव धनजन राईले कांग्रेसलाई सुदृढिकरण गरेर अघि बढ्नुपर्ने बताए। उहाँले अब जनताको विकल्प कांग्रेस भएको भन्दै कांग्रेसले नेतृत्व गरिरहेको एक मात्र सोलुदूधकुण्ड नगरपालिकामा पारदर्शी ढङ्गले काम भईरहेको उनको दाबी छ ।

त्यस्तै, सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले संविधान, संघीयता, गणतन्त्र र देश खतरामा रहेको भन्दै नेकपा सरकारले अस्थिरता उत्पन्न गराई प्रतिगमनको दिशामा अघि बढेको आरोप लगाए। 

सोेलुदूधकुण्ड नगरपालिकाका कांग्रेस सभापति दावागेलु पाख्रिनले अन्य स्थानीय तहको तुलानामा सोलुदूधकुण्ड नगरपालिकामा प्रभावकारी काम भएको बताए।

सोलुदूधकुण्ड नगर कार्यापालिका सदस्य सोनामग्याल्जेन शेर्पाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको तर्क गरे । 

नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका ङिमागेलु शेर्पाले नेकपा सरकारले जनताको मतको कदर नगरेकोे र कार्यकर्ताप्रति अविश्वास गरेका कारण आफु कांग्रेसमा प्रवेश गरेकोे बताए।

सोलुदूधकुण्ड नगरपालिका–७ का पार्टी सभापति शम्भु कार्कीको अध्यक्षतमा भएको कार्यक्रममा जिल्लास्तरीय नेता, कार्यकर्ता तथा भातृ, भगिनी तथा शुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ