arrow

'पहिले पनि मेरो सरकार ढाल्न अघि बढ्ने झलनाथ, माधव र बामदेव नै हुन्'

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
pm-kp-oli3.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीबाट अराजनीतिक प्रवृती किनारा लागेको बताएका छन् । आफू निकट श्रमिकहरुको संगठन जीफन्टले बिहीबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेकपा भित्र विगतमा आफ्नै सरकारलाई असहयोग गर्ने अराजनीतिक प्रवृती रहेको तर अहिले सो प्रवृती किनारा लागेर पार्टी एकताबद्ध भएको दाबी गरेका हुन् । 

‘पार्टी भित्र केही अराजनीतिक प्रवृती बोकेका मान्छेहरु थिए, पार्टीका काममा सधैं असहयोग गर्ने, सधैं गलत नै गर्न खोज्ने, अहिले उनीहरु किनारा लागे, अहिले पार्टी एकताबद्ध भएको छ, मजबुत भएको छ,’ सम्बोधनका क्रममा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले भने । 

प्रधानमन्त्री ओलीले विगतमा आफ्नो नेतृत्वमा रहेको सरकार ढाल्न झलनाथ खनाल, माधव नेपाल र बामदेव लागेको र उनीहरुले पुष्पकमल दाहाललाई उचालेको समेत बताए । 

'विगतमा मेरो नेतृत्वको सरकार ढाल्न को लाग्यो तपाइहरु सबैलाई थाहा छ, सरकार ढाल्न, अस्थिरता मच्चाउन लाग्नेहरु झलनाथ, माधव र बामदेब नै हुन, उनीहरुले नै प्रचण्डलाई उचालेर मेरो सरकार ढाल्न खेले', ओलीले भने । 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अब पार्टीमा विकृति विसंगति, स्वार्थी प्रवृति, नीजि र पारिवारिक काम गर्ने प्रवृत्तिहरु किनारा लाग्ने र पार्टी महान शुद्धीकरणमा अघि बढेको समेत दावी गरे । 

उनले तीन महिनापछि प्रचण्ड, माधवसहितका नेताहरु नागरिक समाजमा रुपान्तरण हुने र पार्टी हाँक्न उनीहरुले नसक्ने समेत ठोकुवा गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ