arrow

संसद पुनर्स्थापनाले मुलुकमा अस्थिरता बढ्नेछ : पूर्वमन्त्री साउद

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
np-saud3.jpg

बारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री एनपी साउदले नेकपा भित्रको उत्पन्न विवादलाई समाधान गर्न नसकेपछि संसद विघटन गरेको बताएका छन् । नेपाली कांग्रेस बाराले वीपी स्मृति भवन कलैयामा बिहिबार आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री साउदले सिंगो पार्टीको झगडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरि मुलुकलाई अधिनायकवाद तर्फ अग्रसरता देखाएको बताए ।

नेता साउदले नेपाली जनताले पांच वर्षसम्ममा सरकार सञ्चालन गर्न भोट दिएपनि जनतालाई धोती लगाएर संसद विघटन गरि मुलुकलाई अधिनायकवाद लादन खोजेको बताए । संसद विघटन गरि निर्वाचनको मिति तोकेर नेपाली जनतामाथि निर्वाचन खर्चको भार प्रधानमन्त्री ओलीले लादेको साउदले भने,'संसद पुनर्स्थापनाले मुलुकमा अस्थिरता बढन गई राजनीतिक जटिलता थपिने छ।' संविधानको रक्षा गर्नको लागि सम्पुर्ण नेपाली जनता एक ढिक्का हुनुपर्ने बताए ।

एक फरक प्रसंगमा उनले मुलुकको अहिलेको अवस्थामा फागुनसम्ममा पार्टीको महाधिवेशन गर्न नसकिने भन्दै उनले भदौसम्ममा पार्टीको महाधिवेशन सम्पन्न गर्ने चुनौती थपिएको बताए ।

नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व राज्यमन्त्री गोबिन्दबहादुर शाह, कलावती पासवान,पुर्व सभासद मधुशाही ठकुरी, रामअयोध्या यादव, शोभाकर पराजुली, उपसभापति सुरेन्द्र गुप्ता, कोषाध्यक्ष चन्द्रशेखर यादव, सचिव मनोज भट्ट, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, सिम्रौणगढ नगरपालिकाका नगर प्रमुख विजयशंकर यादव लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ