arrow

'खड्ग प्रसाद ओली सेटिङ, भेटिङ र फिक्सिङमा तल्लिन छन्'

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ माघ १५ बिहिबार
krishna-pahadi2.jpg

कपिलवस्तु । मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री खड्ग प्रसाद ओली प्रधानमन्त्री भएदेखि नै सेटिङ, भेटिङ र फिक्सिङमा लागेर आफु मात्र नेपाल र म मात्र सत्ता हो भन्ने पक्षमा लागेको बताएका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित प्रतिगमन विरुद्धको सभामा वौल्दै पहाडीले केपी ओलीले राज्य संन्यत्रका सबै निकाय सेटिङ गरेर कब्जा गरेको बताए ।

त्यस्तै विदेशी शक्तिसँग भेटिङ अर्थात भेटघाट गरी जताततै मिल्ने वा अरु देशको चाहना पुरा गराउन लागेको समेत उनले आरोप लगाए । त्यस्तै आफु लगातार प्रधानमन्त्री बन्नको लागि संसद विघटन गरि लामो समयसम्म प्रधानमन्त्री बन्न फिक्सिङ गरेको समेत पहाडीले बताएका छन् ।

पहाडीले दल र नेता प्रति जनताको वितृष्णा बढेको भन्दै नेता तथा दल सुधारियर लोकतन्त्र बचाउन र सविधानको रक्षा गर्न लाग्नु पर्ने बताए । साथै उनले निर्वाचन नहुने तथा संसद पनि पुन स्थापना हुन नसकेमा देशमा अराजकता र दुर्घटना हुन सक्ने बताएका छन् ।

खड्क प्रसाद जीले जता जहा गए अनावश्यक वोलदै हिडेको कारण ,जात,धर्म, संघियता जस्ता पक्षमा आन्दोलन हुन सक्ने र अशान्ती हुन सक्ने भन्दै सबै जनतालई लोकतन्त्र बचाउन र खड्ग प्रसाद ओलीको असवैधानीक कदम प्रति नागरिक सचेत भएर आन्दोलनमा उत्रन समेत उनले आग्रह गरेका छन् ।

कार्यक्रममा कांग्रेस नेता दिपकुमार उपाध्याय, राजपाका रविन्द मिश्र, मान अधिकार तथा शान्ति समाजका अध्यक्ष उत्तम पुडाशैनी, उपाध्यक्ष गोविन्द खनाल, वार एसोसियनका जिल्ला अध्यक्ष हुमबहादुर कुवंर , पत्रकार शम्भु शैनी ,प्राध्यापक संघका नवराज तिवारी, पशुपतिमणि त्रिपाठी , माया ज्ञवाली, बसन्त बन्जाडे , रामदयाल ठाकुर लगाएत बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ