arrow

आठ जना श्रष्टालाई यसबर्षको कलाश्री सम्मान तथा पुरस्कार 

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
sarsta.jpg

काठमाडौं । नेपाली कला, साहित्य र संगीतको श्रीवृद्धिमा समर्पित नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले बिभिन्न सम्मान एवं पुरस्कारको घोषणा गरेको छ ।

प्रतिष्ठानले राष्ट्रिय कलाश्री सम्मान-२०७७ सर्वश्री जनगायक रामेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेकोे छ । त्यस्तै साहित्यका विशिष्ट साधक स्रष्टा एवम् रङ्गमञ्चसँग आबद्ध सशक्त अभियन्ता समेत रहेका अशेष मल्ललाई एकलाख रुपैंयाँ राशिसहित राष्ट्रिय कलाश्री पुरस्कार-२०७७ प्रदान गर्ने भएको हो ।

त्यस्तै बहुआयामिक जुझारु स्रष्टा ठाकुर बेलबासेलाई ७५ हजार रुपैंयाँ राशिसहितको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार-२०७७ प्रदान गरिने भएको छ । यसैगरी  साहित्यका अथक साधक पत्रकार एबम् स्रष्टा लक्ष्मी उप्रेतीलाई ५० हजार राशिसहितको बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार-२०७७, युवा चित्रकार विधाता केसीलाई ५० हजार राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार-२०७७ र नेपाली साङ्गीतिक जगत्का सङ्घर्षशील एवम् लोकप्रिय चर्चित अनुहार मिलन अमात्य  नेवारलाई  ५० हजार राशिसहितको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार-२०७७  प्रदान गर्ने निर्णय गरेको छ ।

साथै योगेश्वर स्मृति प्रतिष्ठानद्वारा स्थापित  नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा प्रदान गरिदै आएको २५ हजार र २० हजार राशिका योगेश्वर वाङ्मय पुरस्कार र ग्रेगरी कला संस्कृति पुरस्कार क्रमशः डा. मधुसूदन गिरी र मनोहर लामिछानेलाई प्रदान गरिन भएकोे छ । उक्त  निर्णय हालै प्रतिष्ठानका अध्यक्ष मोमिलाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले गरेको प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रको साझा सवाल र गौरव नेपाली कला, साहित्य, सङ्गीत, संस्कृति, दर्शन, इतिहास एवम् विविध क्षेत्रमा सम्मान तथा पुरस्कार स्थापन, अध्ययन अनुसन्धान, प्रकाशन, सम्मेलन, भ्रमण, विमर्श, गोष्ठी आदिको व्यवस्था गरी सो क्षेत्रका उत्थानमा समर्पित रहेर नेपाली उत्कृष्ट साहित्यलाई विश्वपरिवेशमा परिचित गराउन प्रतिबद्ध संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा गत तेह्र वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतका साधकहरूलाई यी  सम्मान तथा पुरस्कारहरु प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि राष्ट्रिय कलाश्री सम्मानबाट  क्रमशः जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, शशी शाह, फत्तेमान राजभण्डारी, मनुजबाबु मिश्र, तुलसी दिवस, दुर्गा बराल (वात्स्यायान), दुर्गालाल श्रेष्ठ, डा. वासुदेव त्रिपाठी, वैरागी काइँला र प्रेमध्वज प्रधान सम्मानित भएका थिए ।

राष्ट्रिय कलाश्री पुरस्कार कमशः इन्द्रबहादुर राई, सुकर्म साङ्गीतिक समूह, डा. गोविन्दराज भट्टराई, गीता केशरी, डा. राजेन्द्र बिमल, डा। ध्रुवचन्द्र गौतम, वानीरा गिरि, ठाकुर गुरागाईँ, हरिहर शर्मा प्लस शकुन्तला शर्मा, माया ठकुरी, सरुभक्त श्रेष्ठ र गणेश रसिकले प्राप्त गरेका थिए ।

विगत नौ वर्षदेखि प्रदान गरिंदै आएको स-सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार भने प्रथम पटक कवि विप्लव ढकाल, त्यसपछि क्रमशः कवि श्रवण मुकारुङ, निबन्धकार युवराज नयाँघरे, रमेश श्रेष्ठ, भीष्म उप्रेती, मनु मञ्जिल, मणि लोहनी, सुमन पोखरेल र सरस्वती प्रतीक्षालाई प्रदान गरिएको थियो ।

यस्तै बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार यसअघि जयदेव भट्टराई, फूलमान बल, शशी लुमुम्बू, मोहन दुवाल, नगेन्द्रराज शर्मा र रोचक घिमिरेले प्राप्त गरिसकेका छन् भने थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार-२०७५ चित्रकार एरिना ताम्राकार र २०७६ मा मूर्तिकार विक्रमश्रीले प्राप्त गरिसकेका छन ।

त्यस्तै गत वर्षदेखि प्रदान गरिएको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार शिशिर योगीलाई प्रदान गरिएको थियो । सम्मान तथा पुरस्कार यही फागुन महिनामा सम्पन्न हुने विशेष समारोहका बीच प्रदान गरिने प्रतिष्ठानले जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ