arrow

आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु 

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
fire-final.jpeg

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ जिरायतमा आगो ताप्ने क्रममा जले एकको मृत्यु भएको छ । वृद्ध महिलाको ज्यान गएको हो । 

मुत्यु हुनेमा बागमती ४ बस्ने बर्ष ७५ की आइतमाया बिक रहेकी छिन् । आफ्नै घरमा आगो ताप्ने क्रममा साडीमा आगो सल्किएर जाँदा शरीरका विभिन्न भागमा जली घाइते भएकी उनको नेशनल मेडिकल वीरगंजमा उपचारको लागी लगेकोमा त्यहाँ उपचार हुन नसक्ने अस्पतालले भनेपछि काठमाडौं रिफर गरेकोमा काठमाडौं लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत दिपक चोरवारले जानकारी दिए । 

पोष्टमार्टमको लागि मृतकको शव सरकारी अस्पतालमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ