arrow

पत्रकार राजेन्द्र अधिकारी पक्राउ

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
rajendra-adhikari.JPG

पोखरा । पोखराका चर्चित पत्रकार राजेन्द्र अधिकारी पक्राउ परेका छन् । पोखराकै एक पत्रकारलाई अभद्र व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

मंगलबार बिहान ११ बजे पोखराको शान्तिनगरस्थित अधिकारीकै निवासबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

मंगलबारै आदलतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइने हमालले जानकारी दिए । अधिकारीलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । पत्रकार अधिकारी डनन्यूजका प्रधानसम्पादक हुन् ।

उनी नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष समेत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ