arrow

एटीपी वर्ल्ड टुर टेनिस : जोकोभिच र फेडेररबीच फाइनल भिडन्त

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
581785956.jpeg
एजेन्सी । लण्डनमा जारी एटीपी वर्ल्ड टुर फाइनल्स टेनिसको फाइनल भिडन्त शीर्ष बरियताका सर्वियन खेलाडी नोभाक जोकोभिच र तेस्रो बरियताका स्वीस खेलाडी रोजर फेडेररबीच हुने भएको छ ।
 
शनिबार राति भएको सेमिफाइनलमा जोकोभिचले पाँचौ परियताका स्पेनिस खेलाडी रफाइल नदाललाई ६–३, ६–३ को सोझो सेटमा हराउँदै फाइनलमा ठाउँ बनाए । उता, स्वीस भिडन्तमा चौथो बरियताका स्टानिस्लास वावरिन्कालाई ७–५, ६–३ को सोझो सेटमा हराउँदै फेडेरररले जोकोभिचसंगको फाइनल भेट पक्का गरे । यी दुईबीचको फाइनल भेट रोचक हुनेछ । जोकोभिच पछिल्लो समय फर्ममा छन् भने फेडेरर समेत छ पटक च्याम्पियन बनिसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ