arrow

कुलेश्वरको फलफूल बजारमा नबिल बैङ्कको क्यूआर भुक्तानी सेवा सुरु

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
nabil-qrcode.jpg

काठमाडौँ। नबिल बैङ्कले काठमाडौँ कुलेश्वरको फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ। गत शुक्रबार बिहान नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले केही फलफूल खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी गरी नबिल बैङ्कको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन्।

अब फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैङ्किङ एप्पिकेसन वा मोबाइल वालेट मार्फत सजिलै खरिद गरेको फलफूलको रकम भुक्तान गर्न सक्नेछन्। क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक, नबिल बैङ्कका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, सिनियर म्यानेजमेन्ट कर्मचारी, नेपाल फलफूल थोक व्यवसायी सङ्घका कार्यकारी सदस्यहरू र कृषि बजार विकास कम्पनीका अध्यक्षको उपस्थिति रहेको थियो।

राष्ट्र बैङ्कका गभर्नर अधिकारीले विभिन्न फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही फलफूल पसलमा फलफूल खरिद गरी आफ्नो मोबाइल बैङ्किङको क्यूआर कोडमार्फत भुक्तानी गरेका थिए।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ। छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरू यो नवीन सेवातर्फ आकर्षित भइरहेका छन्।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढवा दिनका लागि नबिल बैङ्कले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो। अहिले बैङ्कको साथमा देशभर ७ सय ५० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरू रहेका छन् जुन हरेक दिन बढिरहेका पनि छन्।

कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘क्यूआर कोड भुक्तानी सेवा एक नवीन भुक्तानी प्रणाली हो जुन विशेष गरी कोभिडको महामारीको कारणले बढेको छ, पछिल्लो पटक यस्तो डिजिटल बैङ्किङ आवश्यक पनि रहेको छ।’

उनले अघि भने, ‘नबिल बैङ्क जस्तो वित्तीय संस्थाले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धि सक्षम पार्न डिजिटल भुक्तानी सक्षम गर्न सक्रिय भूमिका खेलिहरेका छन्।’

यसै गरी, नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि हामीले नेपालमा भुक्तानी प्रणालीमा नयाँ“पन देख्न थालेको र जसको परिणाम उपभोक्ता बिस्तारै–बिस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको पाइएको बताए।

उनले भने, ‘अझै पनि कारोबारको ठूलो हिस्सा नगदमा नै हुन्छ। आजको डिजिटल युगमा नवीनतम टेक्नोलोजीको विकास गर्नु आवश्यक छ जसले डिजिटल भुक्तानीमा सहयोग गर्छ। नबिल क्यूआर कोड एउटा सहज, सुरक्षित र किफायती डिजिटल भुक्तानी गर्ने माध्यम हो, जसलाई आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदानको रूपमा लिन सकिन्छ।’

नबिल बैङ्क नेपालको निजी क्षेत्रको अग्रणी बैङ्क हो । नयाँ प्रविधि अपनाउने र नवीन प्रडक्टका साथै सेवाहरू सुरु गर्ने काममा नबिल सधैँ नै अगाडि रहेको छ।  नबिल बैङ्कले कोभिड महामारीकै बीचमा नबिल डिजी बैङ्क स्थापना गरेर उपभोक्ताको हरेक कामहरूलाई डिजिटलमार्फत सेवा पुराइरहेको छ।

बैङ्कले ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न डिजिटल मार्गहरूको अन्वेषण गर्दैछ। बैङ्कले मुलुकको पहिलो डिजिटल बैङ्क बन्ने लक्ष्य राखेको छ। नबिल डिजी बैङ्कले लक्ष्य हासिल गर्न ग्राहक टचपोइन्टहरु र आन्तरिक प्रक्रियाहरू क्रमिक रूपमा अगाडि बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ