arrow

नबिल बैङ्क र नेपाल महिला उद्यमी महासङ्घबीच लघु उद्यमीहरूलाई सहयोग गर्न सहकार्य

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
nabil-fewan-mou.jpg

काठमाडौँ। नेपालको अग्रणी वाणिज्य बैङ्क, नबिल बैङ्क र नेपाल महिला उद्यमी महासङ्घ, एक गैर नाफामूलक संस्थाको सदस्यहरूको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्झौता गरेको छ।

यस रणनीतिक साझेदारीमा कोभिड१९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरूलाई नबिल बैङ्कबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तीय आवश्यकता पूरा गर्न मद्दत पुर्‍याउने बैङ्कले जनाएको छ। यसका साथै ती उद्यमीहरूले नेपाल महिला उद्यमी महासङ्घबाट वित्तीय सल्लाह र विकास सहयोग पाउने छन्। यस साझेदार अन्तर्गत नबिल बैङ्कले वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

नीरज कुमार बस्नेत (डनिल), प्रमुख एसएमई तथा लघुबित्त, नबिल बैङ्क र रीता सिम्हा, अध्यक्ष, नेपाल महिला उद्यमी महासङ्घले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। साझेदारीको बारेमा बोल्दै नीरज कुमार बस्नेत (डनिल) ले भने “नबिल बैङ्कले महिला सशक्तीकरणलाई अत्यधिक प्रोत्साहित गर्दछ र महिला उद्यमीलाई दिगो उत्पादनमा वृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तीय पहुँच प्रदान गर्दै महिलालाई सहयोग पुर्‍याउने कार्यमा अगाडि बढेको छ।

हामीले नेपाल महिला उद्यमी महासङ्घको सहकार्यमा विभिन्न प्रकारका बैङ्किङ सुविधा तथा ऋण कर्जाहरू प्रदान गर्ने उद्देश्य राखेका छौँ। नेपाल महिला उद्यमी महासङ्घका सदस्यहरूको आवश्यकता अनुसार उनीहरूको व्यवसाय बढाउनका साथै देशको आर्थिक विकासमा योगदान पुर्‍याउन नबिल बैङ्क उत्साहित छ।”

त्यस्तै नेपाल महिला उद्यमी महासङ्घकी अध्यक्ष रीता सिम्हाले भनिन्, “महिलाको पूर्ण सहभागिता बिना शान्ति, समृद्धि, प्रगति हुन सक्दैन। महिला उद्यमीलाई वित्तीय पहुँचका माध्यमबाट सहयोग गरेकोमा हामी नबिल बैङ्क प्रति कृतज्ञ छौँ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ