arrow

इजिप्ट एयरको दोस्रो ‘ब्ल्याक बक्स’ समुद्रबाट निकालियो

logo
प्रकाशित २०७३ असार ४ शनिबार
blackbox.jpg.jpeg
कायरो (इजिप्ट) । फ्रान्सको पेरिसबाट इजिप्टको राजधानी कायरोका लागि उडेको मे १९ मा दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ शुक्रबार समद्रबाट बाहिर निकालिएको छ । इजिप्ट एयरको ए–३२० एयरबस गत महिना भूमध्यसागरिय इलाकामा दुर्घटनाग्रस्त भएको थियो । 
 
विमान प्राविधिक कारणले दुर्घटना भएको थियो वा कुनै आतङ्ककारी समूहले खसालेको थियो भन्नेमा अन्यौल रहेका बेला ब्ल्याक बक्स फेला परेपछि विमान के कारण दुर्घटनाग्रस्त भएको थियो पत्ता लाग्ने थप आशा पलाएको अनुसन्धानकर्ताले बताएका छन् । 
 
इजिप्टले विमानमा आतङ्ककारी आक्रमण भएको आशङ्का गरेको छ । इजिप्टका नागरिक उड्डयनमन्त्री शेरिफ फाथीका अनुसार विमानमा प्राविधिक गडबडीभन्दा आतङ्ककारी समूहको संलग्नताका कारण दुर्घटनाग्रस्त हुन पुगेको सम्भावना रहेको छ । 
 
इजिप्ट एयरको उडान नम्बर ८०४ इजिप्टको आकाशमा पुगेपछि मे १९ का दिन बिहान २:४५ बजे राडारबाट सम्पर्कबिहीन भएको थियो ।सफा आकाशमा उडीरहेको विमानले एक्कासी ९० डिग्रीको कोण बनाउँदै बायाँतर्फ मोडिएको थियो । पुनः विमान ३६० डिग्री बायाँतर्फ फर्कँदै ३८ हजार फिटको उचाइबाट १५ हजार फिटमा झरेको थियो । विमानको राडारसँग सम्पर्क विच्छेद भएको थियो । 
 
अनुसन्धानमा खटिएका विज्ञका अनुसार प्रत्येक विमानमा दुई ककपिट भ्वाइस रेकर्डर हुन्छन् र यीनले विमानका अन्तिम ३० मिनेटको गतिविधिलाई रेकर्ड गरी राख्ने क्षमता हुन्छ । विमानमा साह्रै सानो आवाज पनि रेकर्ड गर्नसक्ने क्षमता राख्ने दुईमध्ये रेकर्डरले इन्जिनमा आएको प्राविधिक गडबडीबारे सूचना दिन्छ भने अर्कोले विमानमा भएका अन्य गतिविधिको सूचना सङ्कलन गर्छ । त्यसैले विमान दुर्घटना हुनुको कारण छिट्टै पत्ता लाग्ने छ, विज्ञहरू बताउछन् । 
 
दास्रो ब्ल्याक बक्स भेटिएपछि विमान प्राविधिक गडबडी वा अपहरण वा विस्फोटक पदार्थ विस्फोटका कारण दुर्घटना भएको भन्ने छिट्टै पत्ता लाग्ने अनुसन्धानमा संलग्न अधिकारीले बताए । अनुसन्धानका लागि अमेरिका तथा फ्रान्सबाट विज्ञहरुको समूह इजिप्ट पुगिसकेको उड्डयनमन्त्री फाथीले बताए ।एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ