arrow

नबिल बैङ्क र उपाय सर्भिसेसबिच सम्झौता

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
nabil-upaya-mou.jpg

कठमाडौँ। नेपालको अग्रणी वाणिज्य बैङ्क, नबिल बैङ्क र उपाय सर्भिसेसबिच बैङ्कको ग्राहकहरूको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरू प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता गरेको बैङ्कले जनाएको छ।

यस रणनीतिक साझेदारी अन्तर्गत, बैङ्कका लघु, साना र मझौला उद्यमी ग्राहकहरूले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन्। यसबाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैङ्कका ग्राहकलाई आवश्यकता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपल्ब्द गराउनेछ।

नीरज कुमार बस्नेत (डनिल), प्रमुख एसएमई तथा लघुबित्त, नबिल बैङ्क र राजु केसी., महाप्रबन्धक, उपाय सर्भिसेसले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। साझेदारीको बारेमा बोल्दै, नबिल बैङ्क, एसएमई तथा लघुबित्त, प्रमुख नीरज कुमार बस्नेत (डनिल) ले भने, “नबिल बैङ्क लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैँ अग्रसर रहेको छ।

हामी हाम्रो ग्राहकहरू र बैङ्कको दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरूलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानुन र नियमनको पालना गर्न मद्दत गर्दै आएका छौं। हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीहरूको वित्तीय व्यवस्थापनमा हालको अन्तरपूर्ण गर्न मद्दत पुर्‍याउने छ।”

“नबिल बैङ्क लिमिटेडसँगको सहकार्य निकै फलदायी भएको छ, उपाय सर्भिसेसका महाप्रबन्धक राजु केसीले भने। “उपायले कर्जा सम्बन्धी सेवाहरू बाहेक वित्तीय व्यवस्थापन, कानुन, कर र व्यवस्थापन सम्बन्धी परामर्शमा व्यावसायिक सेवा प्रदान गरेर बैङ्कका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएको छ। बैङ्कका १०० भन्दा बढी ग्राहकहरू उपाय सर्भिसेसबाट आजसम्म सेवाहरू उपयोग गरेर लाभान्वित भएका छन्।”

नबिल बैङ्कको बारेमा
आफ्नो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरू सहित विभिन्न देशमा रहेका एजेन्टको ब्रिहत सञ्जाल मार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ। एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैङ्किङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैङ्किङ अनुभवको साथ, बैङ्क ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ।

उपाय सर्भिसेजको बारेमा
उपाय सर्भिसेज लिमिटेड कानुन, वित्तीय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यावसायिक व्यक्तिहरूद्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो। यस अन्तर्गत नयाँ कम्पनी दर्ता, कम्पनी खारेजी, लेखासँग सम्बन्धित सेवाहरू, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित सेवा, भु–सेवाले प्रदान गर्ने सेवा लगायतका विविध सेवाहरू प्रदान गर्ने गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ