arrow

चाडमा बीस लाख बालबालिका मानवीय सङ्कटमाः यूनिसेफ

logo
प्रकाशित २०७३ असार ४ शनिबार
UNICEF.jpeg.jpeg
नाइजमिना । संयुक्त राष्ट्रसङ्घको बालबालिकाको शैक्षिक तथा स्वास्थ्य मामिला हेर्ने संस्था युनिसेफले मध्यअफ्रिकी मुलुक चाडमा करिब २० लाख बालबालिका आधारभूत मानवीय सहयोगबाट वञ्चित रहेको बताइएको छ । 
 
चाडका लागि युनिसेपफका प्रतिनिधि गियानलुका फ्लामिग्नी बिहीबार एक कार्यक्रमबीच बोल्दै , बालबालिकालाई आधारभूत खाद्यान्न, पोषणलगायतका गम्भीर मानवीय सङ्कट रहेको खुलासा गरेका हुन्  । 
 
अफ्रिकी बालबालिकाको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सम्पूर्ण नयाँ पिढीमा खाद्यान्न, पोषण तथा बसोबासको समस्या आउनुमा मुलुकमा व्याप्त द्वन्द्व जिम्मेवार भएको बताउँदै समस्यालाई बेलैमा सम्बोधन गर्न सम्बद्ध सबैले सचेत नबनेमा स्थिति भयावह हुने भन्दै युनिसेफले समस्या समाधानका लागि यथासम्भव पहल गरिरहेको बताए । 
 
अफ्रिकामा द्वन्द्व र खाद्यान्न सङ्कटका कारण प्राय मुलुकको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ । शिक्षा र स्वास्थ्यमा विशेष ध्यान नदिइँदा र सामान्य दैनिकीका लागि आधारभूत कुरामा सम्झौता गर्दा बालबालिका तथा युवाको भविष्य अन्धकारतिर धकेलिएको युनिसेफले बताएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ