arrow

अनलाइन टिभी संघद्वारा कृष्ण कंडेलसहित १३ संचारकर्मी सम्मानित

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
online-tv-patrakar-sangh.jpg

काठमाडौं । चर्चित कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कंडेललाई अनलाइन टिभी पत्रकार संघले सम्मान गरेको छ । संघको पहिलो वार्षिकोत्सवको अवसरमा कंडेलसहित १३ जनालाई सम्मान गरिएको हो । चार जनालाई अवार्डसहित र बाँकी ९ जनालाई प्रशंसापत्रसहित सम्मान गरिएको हो । 

संघका अध्यक्ष जीवन भण्डारीका अनुसार कंडेललाई ‘इन्टरटेनमेन्ट अवार्ड’, भाग्य न्यौपानेलाई ‘पपुलर अवार्ड’, विद्या चापागाईलाई ‘इस्यू अवार्ड’ तथा रौनक निरौलालाई ‘इथिकल अवार्ड’ दिइएको हो । 

त्यसैगरी प्रशंसा पत्र पाउनेहरुमा मोहनराज शर्मा, रेशम बोहरा, शिशिर भण्डारी, मोहन बस्नेत, उत्सब रसाइली लगायत रहेका छन् । सम्मानितहरुलाई पूर्वमन्त्री भिमसेनदास प्रधान, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, संचारकर्मी रवि लामिछाने, डा. सुरेन्द्र केसीले अवार्ड तथा सम्मानपत्र प्रदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ