arrow

नेकपाको कार्यक्रममा सहभागी कर्मचारीविरुद्ध अख्तियारमा उजुरी

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
ncp-karmachari-palpa.jpg

पाल्पा । पदीय दुरुपयोग गर्ने कर्मचारीविरुद्ध कारबाही गर्न माग गरिएको छ । एक तानसेनवासीले कर्मचारीहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यक्रममा सहभागी भई पदीय मर्यादा दुरुपयोग गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बुटवलमा उजुरी परेको हो । 

उजुरीमा उनीहरुविरुद्ध छानबिन गरी कारबाही गर्न माग गरिएको छ । उजुरीमा कर्मचारीहरुले आफ्नो पदको दुरुपयोग गरी गत माघ १० गते नेकपाले आयोजना गरेको जिल्ला भेलामा समावेश भई पार्टीको विभिन्न जिम्मेबारी बहन गरी सरकारी तथा गैह्र सरकारी संस्थाको तलबभत्ता खाई सरकारी ओहोदाको दुरुपयोग गरेको आरोप लगाइएको छ । 

त्यस्ता पदीय दुरुपयोग गर्ने पाँच जनाविरुद्ध छानबिन गरी कारबाही गर्न माग गरिएको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ