arrow

भारतको व्यवहार हेपाहा र अलोकतान्त्रिक : प्रदीपकुमार ज्ञवाली

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1019278704.jpeg
कावासोती । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले पहाड र मधेस अलग गरेर प्रदेश निर्माण हुन नसक्ने बताउनुभएको छ । एमाले सुनवल नगर कमिटीको प्रथम नगर अधिवेशनको आज उद्घाटन गर्दै उहाँले तराईमा दुई प्रदेश बने पनि त्यो पहाडसहितको हुने बताउनुभयो । एमाले जातीय राज्य र पहाड अलग हुने गरी निर्माण हुने प्रदेशको पक्षमा नरहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “सीमाङ्कनमा भने हामी लचिलो छौँ ।” 
 
उहाँले संविधान निर्माणमा जस्तै कार्यन्वयनमा पनि सबै दल एक भएर अगाडि बढ्नुपर्छ भन्नुभयो । राजनीतिक सङ्क्रमणको २० वर्षमा आएको नेपालको संविधान भारतको भन्दा अग्रगामी भएको उहाँको जिकिर थियो । संविधान निर्माणसँगै आन्तरिक र बाह्य चुनौती खेप्नुपरेको छ भन्दै नेता ज्ञवालीले भारतको व्यवहार हेपाहा र अलोकतान्त्रिक भएको बताउनुभयो । 
 
एमाले केन्द्रीय सदस्य एवम् सांसद वैजनाथ चौधरीले तराई-मधेसमा भएको आन्दोलन जनताको आन्दोलन नभएको बताउँदै भन्नुभयो, “तराईका २० जिल्लामा १२ सिट जित्नेले यहाँका सम्पूर्ण बासिन्दाको नेतृत्व गर्न सक्दैन ।” उहाँले दलित, महिला, मधेसमा पछाडि पारिएका वर्गलाई एमाले नै अगाडि ल्याएको जिकिर गर्नुभयो । 
 
कार्यक्रममा नयाँ संविधानले उदारवादी प्रजातन्त्रसहितको गणतन्त्र, एकात्मक शासन प्रणालीको अन्त्य र अपराध पीडितको हकसमेत मौलिक अधिकारका रुपमा दिएको भन्दै नेताहरुले कार्यकर्तालाई प्रस्ट्याएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ